यी ४ राशिलाई कहिले पनि छोडदिनन् लक्ष्मीले साथ, धनको भईरहन्छ वर्षात्

काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार यी ४ राशिप्रति धनकी देवी लक्ष्मी बढी दयालु देखिने गर्छिन्। १२ राशिमध्ये यी ४ राशिका मनिसहरुले प्रशस्त धन कमाउन सक्छन्। यी राशिका मान्छेहरुलाई जीवनभर महालक्ष्मीको आशिर्वाद मिल्ने हुँदा आयआर्जन रामो हुने गर्दछ। यस्ता व्यक्तिहरुले घरमै बसीबसी धन कमाउछन् भन्ने छैन तर थोरै परिश्रमबाट नै सोचेभन्दा बढी कमाउने गर्छन । यसरी हुनेछन् यिनीहरु भाग्यमानी ! पुरा पढ्नुहोला : –

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशीको स्वामी शुक्र हो जसका कारण वृष राशिका मानिसहरु शुक्र ग्रह बाट प्रभावित हुन्छन । शुक्र ग्रहलाई धन, मानोरंजन र विलासिता को कारक को रुपमा मानिन्छ । यसका कारण वृष राशीका मानिसहरु धनवान र खर्चालु स्वोभाबका हुन्छन । यी राशिका प्राय मानिसहरुको भाग्यमा भरपुर मात्रामा अवसर मिलेको हुन्छ जसले गर्दा जीवन सुखमय बित्ने गर्छ । यी मानिसहरु कुनै पनि समयमा धनको कारणले कुनै समस्यामा पर्दैनन् ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका मान्छेहरु लक्जरी वस्तुहरु प्राप्त गर्ने इच्छा गर्छन् । यी मानिसहरु पुरै जिन्दगी बिलासितामा बिताउने शोख राखछन् जुन उनीहरुको भाग्यमा लेखियको हुन्छ र पुरा गर्न समेत सक्षम हुनेछन् । उनीहरु कडा परिश्रम गर्न समेत पछि पर्दैनन् त्यसैले उनीहरु प्रशस्त धन आर्जन गर्न सक्छन । यस राशिका मान्छेहरूको भाग्य सधैं उनीहरुसँग हुन्छ, जसको कारण उनीहरु धनी बन्न सक्छन ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

यस राशिका मान्छेहरु आफ्नो नेतृत्व विकासका सबन्धमा क्षमतवान हुन्छन । यिनीहरुमा कुनैपनि संघ-संगठन वा राजनीतिक दलको नेतृत्व गर्नसक्ने क्षमता रहेको हुन्छ । यी राशिका मानिसहरुमा अन्य १०० जनाले गर्ने कामको एक्लै सिद्ध गर्न सक्ने क्षमता रहेको हुन्छ । यिनीहरु कहिले पनि धनको पछाडी दौड्दैनन् तर उनीहरुको लक्जरी अवश्यकता पुरा गर्नका लागि मेहेनतका साथै कडा परिश्रम गर्ने गर्छन ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यो राशिका मानिसहरु धेरै विशेष हुने गर्दछन् । यिनीहरु भौतक चिजका बढी सौखिन हुने गर्छन । यदि प्रकृतिमा उनिहरुले मनपराएका कुनै चिज देखेभने त्यसको प्राप्तिको लागि कुनै कसर बाँकी राख्दैनन् । यसको लागि उनीहरु धेरै मेहेनत गर्ने गर्छन । धन आर्जनका लागि उनीहरु जस्तोसुकै काममा पसिना बगाई कडा परिश्रम गर्न तयार हुन्छन ।

प्रकाशित : बिहिबार, भदौ १०, २०७८१२:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जन्म तारिख अनुसार जान्नुहोस् कस्तो हुनेछ तपाईको स्वास्थ्य, कुन रोगको शिकार हुन सकिन्छ!