जन्म तारिख अनुसार जान्नुहोस् कस्तो हुनेछ तपाईको स्वास्थ्य, कुन रोगको शिकार हुन सकिन्छ!

जसरी ज्योतिष शास्त्रमा राशि तथा चिना अनुसार व्यक्तिको भविष्य बताउने गरिन्छा त्यसरी नै धेरै चीजहरु अंकशास्त्रको आधारमा जान्न सकिन्छ। व्यक्तिको आचरण, योग्यता, गुण, दोस लगाएतका धरै कुरा जान्न सकिन्छ । आज हामी व्यक्तिको जन्म तारिख आधारमा व्यक्तिको स्वास्थ्यको बारेमा बताउने छौँ ।

जुनसुकै महिनाको १, १०,१९ र २८ तारिखमा जन्मेका मानिसहरु सूर्यबाट प्रभावित हुन्छन्। तेस्तै १ तारिखमा जन्मेका मानिसको स्वास्थ्य सामान्य हुन्छ र समयको साथ साथै यस तारिखमा जन्मेका मानिसमा ढाड दुख्ने, उच्चा रक्तचाप, कलेजो सम्बन्धि समस्या र पेट सम्बन्धि समस्या देखिने हुन्छ ।

जुनसुकै महिनाको २, ११, २०, २९ तारिखमा जन्मेका मानिसहरुको मूलांक २ हुन्छ र उनीहरुमा चन्द्रमाको बढी प्रभाव हुन्छ। यी मानिसहरुमा अनावश्यक चिन्ता गर्ने बानी हुन्छ । त्यसैले यस्ता मानिसहरु तनाबको सिकार हुन्छन् । यस बाहेक यस्ता मानिसमा पेट र पाचन सम्बन्धि समस्या, रगतको कमी, निद्रा नलाग्ने जस्ता समस्याहरु देखिएका छन्।

तेस्तै ३, १२, २१, ३० तारिखमा जन्मेका मानिसको मुलांक ३ हुन्छ । यिनीहरुमा बृहस्पति ग्रहको प्रभाव हुन्छ । यस्ता मानिस छाति र फोक्सो सम्बन्धि समस्या, मधुमेह, जस्ता समस्याबाट ग्रसित हुन्छन् ।

४, १३, २२ वा ३१ मा जन्मेका मानिसहरुको मूलांक ४ हुन्छ र उनीहरु राहु प्रभावित हुन्छन्। यी मानिसहरुको स्वास्थ्यमा उतार चढाव आइरहन्छ। उनीहरुमा दम, सास फेर्न कठिनाई, बारम्बार चिसो-खोकी, पिसाबमा संक्रमण र रक्तचाप सम्बन्धि समस्या हुन सक्छ।

५, १४ वा २३ औं दिनमा जन्मेका मानिसहरुको मूलांक ५ हुन्छ र यी व्यक्तिहरु बुध ग्रह बाट प्रभावित हुन्छन्। यी मानिसहरु पनि धेरै सोच्छन्, त्यसैले उनीहरु तनाव, अनिद्रा र डराउने जस्ता समस्य देखिन सक्छ । यस बाहेक उनीहरुलाई छालाको समस्या, मृगौलाको समस्या, रुघाखोकीको समस्या हुने गर्दछ ।

६, १५ र २४ तारिखमा जन्मेका मानिसहरुको मुलांक ६ हुन्छ र उनीहरु शुक्र ग्रह बाट प्रभावित छन्। यी व्यक्तिहरु नाक-घाँटी संक्रमण, डराउने ज्वरो-फ्लू को समस्या हुन सक्छ। यस्ता मानसिहरुमा वृद्धावस्थामा मुटु सम्बन्धि समस्याले सताउने हुन्छ ।

७, १६ र २५ तारिखमा जन्मेका मानिसहरुको मुलानका ७ हुनेगर्दछ । यी मानिसहरु केतु ग्रह को प्रभाव मा छन् र अपच को समस्या, डराउने समस्या यी मानिसहरुमा सामान्य हुन्छ । यस्ता मानिसमा कुनै पनि प्रकारको इन्फे-क्सन हुने सम्भावना बढी हुन्छ।

८, १७ वा २६ तारिखमा जन्मेका मानिसहरुको मूलांक ८ हुन्छ र यी व्यक्तिहरु शनि ग्रहको प्रभावमा हुन्छन्। यी मानिसहरु लाई रक्तचाप, टाउको दुख्ने, कलेजो, आन्द्रा सम्बन्धि समस्य हुन सक्छ। यस्ता मानिसहरुमा प्राय: दाँत सम्बन्धि समस्याले बढी सताउने हुन्छ ।

९, १८ वा २७ तारिख जन्मेका मानिसहरुको मूलांक ९ हुन्छ र उनीहरु मंगल ग्रहको प्रभावमा छन्। यी मानिसहरुलाई बारम्बार ज्वरो आउँछ। यस बाहेक, घाँटी, किड्नी सम्बन्धि समस्या हुन सक्छ।

प्रकाशित : बिहिबार, भदौ १०, २०७८१३:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सबै भन्दा बुद्धिमान हुन्छन् यि ५ राशि, यिनलाई बेवकूफ बनाउन लगभग असम्भव