मुम्बई उच्च अदालतबाट राज कुन्द्रालाई राहत? आज हुदैछ सुनुवाई!

अ-श्लिल भिडियो काण्डमा परेका चर्चित अभिनेत्री शिल्पा शेट्टीको श्रीमान राज कुन्द्रा केसमा मुम्बई कोटमा आज सुनुवाई हुदैछ । मुम्बई साइबर पुलिसले राज कुन्द्रा बिरुद्धमा केस दर्ता गरेको थियो ।

पोर्नोग्राफी मुद्दामा फसेका व्यापारी तथा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको अग्रिम जमानतको बिषमा आज मुम्बई उच्च अदालतमा सुनुवाई हुनेछ। मुम्बई क्राइम ब्रान्चले राज कुन्द्राको बिरुद्धमा सन २०२० मा नै मुद्धा दर्त गरेको थियो । यस मामिलामा अदालतले पुलिसलाई राज कुन्द्राको जमानतको लागि परेको आवेदनको जावाफ दिन निर्देशन दिएको छ।

साइबर सँग सम्बन्धि यस केशमा राजा कुन्द्राको जमानतको लागि परेको निवेदन खारेज गरेको छ । त्यसपछि राज कुन्द्राले बम्बे हाईकोर्टमा उनको अग्रिम जमानतको लागी एक निवेदन पेस गरेका थिए ।

निवेदनमा राज कुन्द्राले भनेका छन्, ‘यस केसमा उनको अन्य साथिलाई जसरी जमानत दिएको छ त्यसरी नै उनको मुद्दामा पनि त्यस्तै निर्णय होस्’ भनेर निवेदन पेस गरेका छन् ।

जुलाई १० मा मुम्बई पुलिसले राज कुन्द्रालाई एक अ-श्लील फिल्म बनाएको आरोपमा पक्राउ गरेको थियो। पुलिसले राज कुन्द्राको अपराध प्रमाणित गर्न पर्याप्त प्रमाण रहेको दाबी गर्दै आएको छ ।

मुम्बई अदालतले उनलाई २३ जुलाईसम्म पुलिस हिरासत र २७ जुलाईसम्म न्यायिक हिरासतमा पठाएको थियो । त्यसपछि राज कुन्द्रा जेलमा छन्। मुम्बई अदालतले २६ अगस्टमा उनको जमानतको लागि परेको निवेदनको सुनुवाई गर्ने छ।

प्रकाशित : बिहिबार, भदौ १०, २०७८१०:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमानको फिल्म ‘टाइगर ३’ बाट निकालिए इमरान? गरे यस्तो खुलासा!