नेपाल विद्युत प्राधिकारणको ३० वर्ष पछिको नयाँ रेकर्ड, आयात भन्दा निर्यात बढी!

नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात हुने बिजुली कटौती गर्दै निर्यात बढाएको छ ।

नेपाल विद्युत प्राधिकरणको अनुसार सोमवार नेपालले भारतबाट आयात गर्दै गरेको विद्युत घटाई २३ मेगावाटमा पुर्याएको छ, भने निर्यात ५६ मेगावाट पुर्याएको छ । तेस्तै आजको दिनाम ५० मेगावाट निर्यात भइरहेको छ भने ३३ मेगावाट आयात भइरहेको छ ।

अहिले पछिल्लो समयमा नेपाल विद्युत प्राधिकरण तथा निजि कम्पनिबाट निजी क्षेत्रले चार सय ८३ मेगावाट र सहायक कम्पनीबाट आठ सय ५९ मेगावाट गरि नेपाल भरबाट जम्म १३ सय ६५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । केहि दिन पहेलेबाट माथिल्लो तामा कोसीको बिजुली उत्पादन सुरु भएसँगै यस आयोजनाको कारण आयात घटी निर्यात बढेको प्राधिकरणको भनाई रहेको छ ।

अहिले सम्मको तथ्यांक हेर्ने हो भने भारतलाई अहिले सम्मकै बढी बिजुली निर्यात गर्न प्राधिकारण सफल भएको छ । गत असारसम्म भारतबाट प्राधिकरणले २०० सय मेगावाट सम्म बिजुली खरिद गरेको थियो । तर अहिलेको समयमा आएर आयात २०० मेगावाटबाट घटेर २३ मेगावाटमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणको बिगत ३० बर्ष पछी आयात भन्दा निर्यात बढेको छ ।

प्रकाशित : बुधबार, भदौ ०९, २०७८१७:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संखुवासभा-एकै परिवारका ६ जनाको सदस्यको हत्या!