चर्चित खलनायक प्रकाश राजले ५६ वर्षको उमेरमा छोरा छोरीको उपस्थितिमा गरे दोश्रो विवाह!

बलिउड र साउथ फिल्मका चर्चित अभिनेता प्रकाश राज यतिबेला चर्चामा आएका छन्। यतिबेला प्रकाश राजले सामाजिक सञ्जालमा एक किसिमको हलचल पैदा गराएका छन् । यसको खासा कारण हो । प्रकाशले ५६ बर्षको उमेरमा आएर विवाह गरेका छन् ।

यातिबेला मानिसहरु यस जोडीको शैलीलाई निकै रुचाएका छन् । साथै मानिसहरु जान्न चाहन्छन् कि आखिर प्रकाश राजले यस उमेरमा आएर कोसँग विवाह बन्धनमा बाधिएका छन् ।

वास्तवमा यस्तो छ कि प्रकाशले ‘सिंघम’, ‘वान्टेड’ जस्ता फिल्महरुमा उनको खलनायक भूमिकामा देखिएको पात्रले निकै प्रसंसा पाएको थियो । वरिष्ठ अभिनेता प्रकाश राजले आफ्नो वार्षिकोत्सवको अवसरमा दोस्रो विवाह गरे। अभिनेता प्रकाश राजले ११ वर्ष पहिले पोनी वर्मासँग विवाह गरेका थिए।

गत मंगलबार प्रकाश राज र पोनी वर्माको विवाहको वार्षिकोत्सव थियो। उनीहरुको यो सम्बन्धले ११ बर्ष पुरा गरेको छ । यस अवसरमा अभिनेताले आफ्नी श्रीमतीसँग  छोराछोरीको अगाडि दोस्रो विवाह गरे। प्रकाशको यस शैलीलाई मानिसहरुले निकै रुचाएका छन् ।

यस कारणले गरेका थिए दोश्रो विवाह
उनको दिश्रो पटकको विवाहको कारण उनको सन्तानहरु थिए । अभिनेताले सामाजिक सञ्जालमा फोटोसहित यो कुरा पनि बताए कि उनका छोरा वेदान्त उनलाई फेरि बिहे गरेको देख्न चाहान्थे । त्यसैले परिवारको उपस्थितिमा अभिनेताले फेरि श्रीमती विवाह गरेका थिए । यो एक पारिवारिक उत्सव थियो ।

प्रकाश राजले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरमा उनि सहित श्रीमती र छोरा छोरीहरु पनि देखिएका छन् । एउटा तस्बिरमा, अभिनेता आफ्नी श्रीमतीलाई चुम्बन गरेको देखिएको छ। ट्वीटमा प्रकाशले लेखेका छन् ”कती उत्तम … मेरो यति राम्रो साथी बन्नको लागी मेरो प्रेमिका र जीवनको सहयात्री बनेकोमा धन्यवाद।’

अभिनेताले सन २००९ मा पहिलो श्रमिती सँग सम्बन्ध बिच्छेद गरेका थिए । तेस्पछी प्रकाश राजाले पोनी वर्मा सँग विवाह गरेका थिए । प्रकाश र पोनीले सन २०१० मा विवाह गरेका थिए ।

प्रकाशित : बुधबार, भदौ ०९, २०७८१४:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडका सबै अभिनेत्री यिनको शैलीमा पर्दैछन् पछाडी, देखिइन् यस्तो रुपमा!