काठमाडौँ : नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री पूजा शर्माको चर्चा उनको अभिनय र सुन्दरताका लागि मात्र हुँदैन, समय–समय सहकर्मी अभिनेता र निर्देशकसँगको प्रेमले पनि हुने गर्छ । प्रेमका मामिलामा उनको नाम निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह, आकाश श्रेष्ठ, प्रदीप खड्कासँग धेरैपटक जोडिसकेको छ ।
धेरै गसिप बनेपनि उनीहरूले आधिकारिक रूपमा यो कुरालाई कहिल्यै स्वीकारेनन्। अहिले यिनै पूजाको नाम जिममा प्रयोग हुने प्रोटिन तथा खाद्यान्न सामग्रीको व्यापार गर्दै आएका युद्ध बानियाँसँग जोडिएको छ । पूजा निकट आफन्तको कुरालाई आधार मान्ने हो भने पूजाको सच्चा प्रेम युद्धसँग नै भइरहेको छ । पूजा र युद्धको भेट गत वर्षको फागुनमा भएको हो ।
पूजाले दिदीहरूमार्फत युद्धलाई चिनेकी हुन् । हेटौडाका युद्ध ललितपुरको सातदोबाटोमा बस्दै आएका छन् । संयोग मान्नुपर्छ भविष्यमा पूजा पनि ललितपुरकै नयाँघरमा सर्दै छिन्। (नेमिष गौतम – युवामञ्च)