एजेन्सी : सन् २०१९ मा रियालिटी सो ‘बिग बोस १३’ मा सहभागिता भएपछि टेलिभिजन अभिनेत्री रश्मि देसाईको लोकप्रियता ह्वात्तै बढेको थियो । उनकै भनाइमा उनको व्यक्तित्व सो पछि बदलिएको छ । उनले आफ्नो जीवन राम्रो कुराका लागि मात्र परिवर्तन भएको दाबी गरेकी छन् ।
रश्मिले नयाँ वेब सिरिज ‘तन्दूर’ मार्फत आफ्नो डिजिटल पदार्पण गरेकी छन् । उनले सिरिजमा ‘पलक’ नामकी स्वतन्त्र, निडर र मजबुत दिमाग भएकी महिलाको भूमिका निर्वाह गरेकी थिइन् । सिरिजमा को सही र को गलत भनेर देखाउनका लागि केही सस्पेन्स राखिएको उनको भनाइ छ।