संसारकै खतरनाक बोट बिरुवा, जसलाई छुदा मात्रै जान सक्छ ज्यान!

हामीहरुको मान्यता रहेको छ, हाम्रो ओरपर पाइने बोट बिरुवा सामान्य हुन्छन् र यसले मानव जीवनमा सधै सकारात्मक परिणाम मात्र दिन्छ । यदि तपाईहरु यस्तै सोच्दै हुनुहुन्छ भने तपाईको सोच गलत छ । संसारमा केहि यस्ता बिरुवाहरु  पनि छन् जसको सम्पर्कमा आउने मान्छेको ज्यान जान पनि सक्छ । यदि तपाईहरु यस्ता बिरुवालाई छुने कोसिस गर्नुहुन्छ भने तपाईलाई यसको परिणाममा ठुलो समस्या भोग्नु पर्ने पनि हुनसक्छ। विशेषज्ञहरु यी बिरुवाहरुको अनुसन्धान गर्नु अघि विशेष सावधानी पालना गर्ने गारेका छन् । अहिले सम्म धेरै मानिसहरु यी विषाक्त रुख बिरुवाहरुको सम्पर्कमा आउनाले आकलमा ज्यान गुमाएका छन् । तथा उनीहरु विभिन्न समस्याबाट ग्रसित भएका छन् । यस्तो अवस्थामा हामीलाई यस्ता बोट बिरुवाको बारेमा जान्न धरै आवश्यक छ ।

मंचिनिल रुख


यो संसारको सबैभन्दा खतरनाक रूख हो। यो रूख मध्य दक्षिण अमेरिकामा पाइन्छ। मंचिलिलको रुखमा फलेको फल यति विषाक्त हुन्छ जसको सेवनबाट मानिसको ज्यान पनि जान सक्छ । साथै यस रुखको छेउमा तपाईहरु बिनाकुनै सुरक्षा जानु हुन्छ भने पनि यसको असरको कारण तपाइको ज्यान पनि जना सक्छ । यस कारणले यस  रुखालाई डेथ एप्पलको नामबाट चिनिन्छ ।

 

रोजरी  पी


यो रुख देख्नमा धरै सुन्दर हुन्छ । यो रुखको बिउ धरै खतरनाक हुन्छ । यदि तपाई यसको बिरुवालाई छुने कोसिस गर्नु हुन्छा भने यसक परिणाम निकै भयानक हुनसक्छ । यस बिउको भित्र एब्रिन नामका पदार्थ पाउन सकिन्छ। जसको ३ माइक्रोग्रामले व्यक्तिको ज्यान पनि जान सक्छ ।

जयन्ट हागबिड


यो बिरुवा बेलायतमा पाइन्छ । यस बिरुवामा सेतो फुल फल्छ जसको कारण देख्नमा एकदमै दुन्दर हुन्छ। यी फूलहरु जति सुन्दर हुन्छ । उति नै खतरनाक छन्। सुन्दर देखिएको कारण यस फुलाई प्रयोग गर्नाले धरै मानिसको मृत्यु भएको छ । यति मात्र नभई यदि केहि कारण बस यस फुल मानिसको आखाँमा पर्यो भने मानिस अन्धो पनि हुनसक्छ ।

सर्बेरा ओडोलम


यो बिरुवालाई सुसाइड ट्री भनेर चिनिन्छ। प्राय: यस बिरुवाको प्रयोग मानिसलाई मार्नको लागि प्रयोग गर्छन । यसको विशेषता यस्तो छ की यो सजिलै सँग वैज्ञानिकहरुको जचमा आउँदैन। मानिसहरुले प्रया: यसको प्रयोग अपराधिक काममा बढी प्रयोग गरेको पाउन सकिन्छ ।

 

प्रकाशित : सोमबार, भदौ ०७, २०७८११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्भवती महिलाको नक्कल गर्ने चक्करमा यस्तो भयो यी युवाको हालत