‘टाइगर ३’ को लागि सलमानमा आयो यति धरै परिवर्तन, तस्बिरमा चिन्नै मुस्किल(तस्बिर सहित )

सलमान खानले आफ्नो आगामी फिल्मको छायांकन   सुरु गरेका छन्। यो फिल्म टाइगर फ्रेन्चाइजीको तेस्रो फिल्म हुनेछ। सलमान खान ‘टाइगर ३’ को छायाँकनको लागि रुस गएका छन्। सलमानका थुप्रै तस्बिरहरु छायांकन स्थलबाट लिक भएका छन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यो तस्वीरमा सलमान खानलाई चिन्न धेरै गाह्रो छ। तस्बिरमा सालमा बिल्कुलै नयाँ शैलीमा देखिएका छन् ।


सलमानको यस नायाँ शैली देखिपछी उनको ठुला-ठुल फ्यानहरुलाई पनि सलमानलाई चिन्न मुस्किल भएको छ। सलमान खानले ‘टाइगर ३’ को लागी आफ्नो लुक परिवर्तन गरेका छन् । तस्बिरमा उनको मेहनत देख्न सकिन्छ । सलमानले फिल्मको लागि आफूलाई शारीरिक रुपमा तयार पारेका छन्।यस फिल्मको  लागि उनले आफ्नो तौल बढाउनको लागि निकै मेहनत गरेका छन् । सलमानको सानदार बडी यस तस्बिरमा देख्न सकिन्छ । तेसैपनि सधै उनको सानदार बडीको कारण चर्चामा हुने गरेका छन् ।


‘टाइगर ३’ को सेटबाट बाहिरिएको तस्बिरमा सलमानले आफुलाई पूर्ण रुपाम बदलेका छन् । यस तस्बिर देखेपछी फ्यानहरु निकै उत्साहित भएका छन् । सामाजिक सञ्जालमा एक ‘सलमान खान फ्यान क्लब’ नामक पेजबाट यस तस्बिर सार्वजनिक भएको छ । जसमा सलमान रूसको सडकमा शूटिंग गर्दै गरेको अवस्थामा देखिएका छन् ।

प्रकाशित : आइतबार, भदौ ०६, २०७८१५:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘ये रिश्ता क्या कहलाता है’ मा हुनेछ ठुलो परिवर्तन, यी मुख्य पात्रले शोबाट लिदैछन् बिदा!