उर्फी जावेद एक प्रसिद्ध टीभी अभिनेत्री हुन् । जब अभिनेत्रीले अभिनय यात्राको सुरु गरेकी थिइन् तब उनको जिवनमा विभिन्न समस्या भोग्नु परेको थियो । कसैको गल्तीको कारण उनको परिवारका सदस्यहरु उनलाई एक अ-श्लील अभिनेत्रीको रूपमा सम्झन्थे र उनको आफन्तले पनि उनको समस्यालाई झनै बढाउने कोशिस गरेका थिए ।
जहिलेबाट उर्फी जावेद बिग बोसमा देखिएकी थिइन् । त्यस समय देखि मानिसहरुमा चर्चा कमाउन थालेकी थिइन् । तर बिग बोसको घरबाट पहिलो हप्तामा नै उनि बाहिरिएकि छिन् । आफ्नो ग्ल्याम तथा बो-ल्ड अन्दाज देखाउने अभिनेत्रीले व्यक्तिगत जीवनमा धेरै समस्याहरुको सामना गर्नु परेको छ।
स्कुल पढ्दाको समयमा उर्फीको केहि तस्बिर अ-श्लिल साइटहरुमा अपलोड गरीएको थियो। जब अभिनेत्रीको परिवारको सदस्यहरुलाई यस बारेमा थाहा भयो तेस समय देखि उनलाई उनको परिवारले गलत सम्झन लागेका थिए र उनलाई विभिन् किसमको आरोप लगाउन थालिएको थियो ।
उनले एक अन्तर्वार्तामा भनेकी छिन्। यो घटना पछि उनका बुबाले उनलाई मानसिक र शारीरिक यातना दिन थालेका थिए । त्यस समयमा उनको आफन्तहरु पनि उनको बैंक खाता चेक गर्न चाहान्थे, उनीहरुलाई लागेको थियो कि अभिनेत्रीले बैंक खातामा पैसा लुकाएकी छिन् ।
एक अन्तर्वार्तामा उर्फीले भनिन् कि उनी आफ्ना दुई बहिनीहरुलाई लिएर घरबाट भागेकी थिइन् । तेस समयमा उनले आमा, दुइ बहिनि र भाइलाई घरमा छोडेर भागेकी थिइन् । त्यस समयमा अभिनेत्री एक हप्तासम्म दिल्लीको एक पार्कमा बसेकी थिइन् ।
अभिनेत्री उर्फी सामाजिक सञ्जालमा धरै सक्रिय छिन् । अहिले जब अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छिन भाइर हुन कत्ति पनि समय लाग्दैन ।