नेपाल आइडलबाट निकालिए कालीप्रसाद, को आयो नयाँ जज?

भदौ १ गतेबाट डिजिटल अडिसन सुरु गरेको नेपाल आइडलले परिवर्तन हुने जजहरुको टुंगो लगाएको छ।

नेपालको चर्चित तथा लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन ४ प्रसारणमाउने भएको छ । पहिलो र दोश्रो सिजनमा जनस्तरबाट राम्रो प्रतिक्रिया पाउन सफल गायन रियालिटी शो नेपाल आइडल तेश्रो सजनमा भने कोरोनाको कारण सोचेजस्तो हुन सकेन । नेपाल आइडलको आयोजक टिमले केहि दिन पहिले शोमा पहिलो सिजनबाट देखिदै आएका जज परिवर्तन हुने भनिएको थियो  ।


नेपाल आइडलको आयोजक टिमले नेपाल आइडलमा देखिने जज र होस्टको नाम सार्वजनिक गरेको छ । यस भन्दा पहिलो सिजनमा जजको रुपमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कलिप्रसाद बास्कोटा देखिदै आएका थिए । होस्टमा भने आशिफ साह थिए । अब भने आगामी शोमा जजको रुपमा सुगम पोख्रेल, सुवानी मोक्तान र शम्भुजित बास्कोटा जजको रुपमा देखिने भएका छन् ।


तेस्तै गरी यस भन्दा पहिले होस्टको रुपमा देखिएका आशिफ साह भने परिवर्तन भएका छैन । होस्टको रुपाम आशिफको साथमा पछिल्लो समयमा टिक टकबाट चर्चामा आउन सफल कलाकार रेश्मा घिमिरे देखिने भएकी छिन् ।

नेपाल आइडल आयोजक टिमले अहिलेको सामय परिस्थितिको  मध्यनजर गर्दै अडिसनको लागि एप सार्वजनिक गरेको जसमार्फत घरमै बसेर अडिसन दिनसकिने छ । अडिसनको लागि तपाईको मोबाइ सेटको ‘प्ले स्टोरमा’ गई एपिवानको एक डाउनलोड गरि सहभागी हुन सक्नु हुनेछ ।

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८१६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाली नायिका अदिति समुन्द्र किनारामा देखिईन यति ह-ट [हेर्नुहोस् तस्विर सहित ]