शिल्पा शेट्टी डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ मा एक पटक फेरि जजको रुपमा देखिएकी छिन् । भारतीय मिडियाको रिपोर्टको अनुसार अब शिल्पा शोको अन्त्य सम्म रहने छिन्।
पछिल्लो समयमा शिल्पा शेट्टी निकै चर्चामा छिन्। पति राज कुन्द्रा पक्राउ परेपछि अभिनेत्री र उनको परिवारलाई सामाजिक सञ्जालमा निकै ट्रोल बनाइएको थियो । त्यसपछि शिल्पाले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै मानिसहरुलाई आफुलाई गोपनियता दिन आग्रह गरेकी थिइन् ।
गत जुलाई १९ तारिकमा शिल्पाको श्रीमानलाई मुम्बई पुलिसले अ-श्लिल भिडियो बनाएको आधारमा पक्राउ गारेको थियो । जब शिल्पाको पति राज कुन्द्रा पक्राउ परेका थिए त्यस समयदेखि शिल्पाले शो र सामाजिक सञ्जालबाट दुरी बनाएकी थिइन् । करिब तीन हप्तापछि फेरि अभिनेत्री उनको नियमित क्रियाकलापमा पर्केकी छिन् ।
शिल्पा एक पटक फेरि डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ मा जजको रुपमा देखिएकी छिन् । खबर अनुसार अब अभिनेत्री शोको फिनाले सम्म रहनेछिन्। सुपर डान्सरको सुरुवात सन २०१६ मा भएको थियो । अभिनेत्री शोमा सुरुवातबाट नै जजको भूमिकामा रहदै आएकी छिन्। पहिलो पटक अभिनेत्रीले यति लामो समय सम्म शोमा अनुपस्थित भएकी हुन् ।
केहि भारतीय मिडियाको रिपोर्ट अनुसार अभिनेत्री शोमा फर्कदा शोमा भएका प्रतियोगी र जजहरुले न्यानो स्वागत गरेका थिए । अभिनेत्री आफुलाई गरेको यस्तो स्वागत देखेर भावुक भएकी थिइन् ।