प्रियंका कार्कीले हस्पिटल जानको लागि आवश्यक सामान राखेर ब्याग प्याक गरिसकेकी छिन् । अभिनेत्रीले यस कुराको जानकारीको लागि उनको युटुब च्यानलमा भिडियो सार्वजनिक गरेकी छिन् ।
पछिल्लो समयमा प्रियंका कार्की सामाजिक सञ्जालमा निकै सक्रिय भएको पाउन सकिन्छ । यतिबेला अभिनेत्री प्रियंका गर्भावस्थामा छिन् र उनको गर्वास्थाको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । यस बिचमा प्रियंकालाइ सामाजिक सञ्जाल राम्रा नराम्रा प्रतिक्रिया आएका छन् । समग्रमा यस्तो भन्न सकिन्छ कि अभिनित्रीको आलोचना भन्दा पनि उनि प्रति माया दर्साउने फ्यानहरु बढेका छन् । किनकि यस समय अभिनित्रीको सामाजिक सञ्जालमा ठुलो मात्रमा फलोआर बढेका छन् ।
यति बेला सामाजिक सञ्जालमा प्रियंकाले पोस्ट गरेको एक भिडियो भाइरल भैरहेको छ । भिडियोमा अभिनेत्री प्रियंका र उनको श्रीमान तथा अभिनेता आयुष्मान जोशी उनीहरुको आगामी बच्चाको लागि र हस्पिटलमा आवश्यक पर्ने सामान ब्यागमा प्याक गर्दै गरेको एक भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रियंकाले उनको आगामी बच्चालाई आवश्याक डाइपर, भोटो बच्चालाई लगाइदिने विभिन्न पाउडर, बच्चालाइ लगिदिने तेल, नुहाइदिने साबुन, दुध दानी साथै बाचालाई लगादिने कपडा लगायतका विभिन्न् सामान प्याक गरेकी छिन् ।
साथै प्रियंकाले आफुलाई पनि आवश्यक पर्ने सामान तथा कपडा र हस्पिटल बस्दा आवश्यक पर्ने सेनिटाइजर, माक्स साथै हस्पिटलमा उनलाई कुर्न बस्ने भन्दै उनको श्रीमान आयुष्मानको लागि पनि विभिन्न कपडा प्याक गरेको देख्न सकिन्छ । यतिबेला प्रियंकाले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो भाइरल भैरहेको छ ।