नेपाल आइडलको अडिसन आजबाट सुरु, यसरी हुनुहोस् सहभागी!

नेपाल आइडल सिजन चारको डिजिटल अडिसन आजबाट सुरु भएको छ ।

नेपाली गायन क्षेत्रको सबैभन्दा लोकप्रिय रियालिटी शो नेपाल आइडलले डिजिटल अडिसन आजबाट सुरु भएको छ । नेपाल आइडलको अघिल्लो सिजनमा कोरोनाको कारण निकै प्रभावित बनेको थियो । सिजन २ जस्तो खासै लोकप्रियता हासिल गर्न भने सकेको थिएन । यस सिजनमा भने आयोजक टिमले शोलाई थप परिमार्जन गरेर अघिल्ला सिजनभन्दा सशक्त रुपमा ल्याउने तयारी गरेको आयोजक टिमले जनाएको छ ।


यस वर्ष बहने नेपाल आइडलले सुरुमा नै डिजिटल अडिसनबाट तयारी थालेको छ । आयोजक टिमको अनुसार अहिलेको परिस्थिति अनुसार डिजिटल प्रणालीबाट अडिसन लिदा देश तथा विदेशमा रहनु भएका सम्पूर्णले सहभागी हुनपाउने हेतुले यस्तो अभियान थालेको आयोजक टिमको भानाई रहेको छ ।

यस डिजिटल अडिसनको अभियान करिब एक महिना चल्नेछ । आजबाट शुरु भएको यस अभियान यस भदौ महिनाको ३० गते सम्म रहने छ । यस यस अभियानमा १६ बर्ष भन्दा माथि र ३० बर्ष सम्मका नेपालिले सहभागी हुन पाउने अभियान रहेको छ । अडिसनको लागि एपओन एप मार्फत अडिसन दिन सकिने छ ।

अहिलेको यस महामारीबाट बिचलित बनेका दर्शलाई मनोरञ्जन र उत्साह जगाउने मनसायले शोको चौथो संस्करणलाई डिजिटल प्रणालीबाट सञ्चालान गरेको आयोजक टिमको भनाई रहेको छ । यस पटक भने नेपाल आइडलको अडिसन घरमै बसेर डिजिटल प्रणालीबाट अडिसन दिन सकिने आयोजक टिमको जनाएको छ ।

प्रकाशित : मङ्गलबार, भदौ ०१, २०७८१२:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक राजनीतिक नेताको छोरीको यस्तो रुप, हेर्नुहोस् तस्बिर सहित!