रक्षा बन्धन श्रावण महिनाको पुर्णिमामा पर्छ । अंग्रेजी क्यालेन्डर अनुसार यस पटक रक्षाबन्धना पर्व अगस्ट महिनाको २२ तारिक आइतबार परेको छ। यस दिन धरै मानिसहरु रक्षाबन्धनको अलावा घरमा भएको गरिबी र दरिद्रता र संकट हटाउन विभिन उपाय गर्छन् । आज हामी यस पोस्ट मार्फत यस्ता ५ उपायको बारेमा बताउने छौ, जसले तपाईहरुको जिवनमा आइपर्ने समस्याको समाधान गर्छ।
१. तपाईहरुको जीवनमा आएको दरिद्रता हटाउन रक्षा बन्धनको दिन एक गुलाबी रंगको कपडामा अक्षता, सुपारी र एक रुपैयाको सिक्क राख्नुहोस्। यसको साथै आफ्नो बहिनिलाई वस्त्र, मिठाई, पैसा उपहारको रुपमा दिनुहोस् र आफ्नो बहिनी र उनको खुट्टा छोएर उनको आशीर्वाद लिनुहोस्। बैनीललाई गुलाबी रंगको कपडामा राखेर दिएको समानलाई बाधेर उचित स्थानमा राख्नाले घरमा भएको गरिबी हट्नेछ ।
२. एक दिन उपासन गरेपछि रक्षा बन्धनको दिन शास्त्रीय अनुष्ठान अनुसार रक्षा बन्धन बाधिने गरिन्छ। साथै तेसै समयमा पितृ-तर्पण तथा ऋषि तर्पण पनि गरिने चलन रहेको छ। यस दिन यस्तो गर्नाले पितृ आशिर्वाद र सहयोग पाइने मान्यता रहेको छ। जसले जिवनमा आइपर्ने विभिन्न समस्याको समाधान हुने मान्यता रहेको छ।
३. रक्षाबन्धन पूर्णिमाको दिन मनाईन्छ। पूर्णिमाको देवता चन्द्रमा हो। यस दिन भगवान शिवको साथै चन्द्र देवको पनि पुजा गरिन्छ। यस दिन शिवको साथै चन्द्र देवको पुजा गर्नाले व्यक्तिले उचित स्थानमा प्रभुत्वो जमाउन सक्छ। यसरी चन्द्र र शिवको एक साथमा पुजा गर्नाले घारमा शुख शान्ति र समृद्धि आउँछ।
४. भनिन्छ रक्षाबन्धनको दिन पहिला हनुमानको मुर्तिमा रक्षाबन्धन बाधेर भाइ बहिनीलाई रक्षा बन्धन बधनाले भाइ बहिनि बिचको आपसी प्रेम बढाउँछन्। यस दिन दिदि बहिनिलाई कुनै न कुनै तरिकाबाट खुशी राख्नाले दाजु भाइको जीवनमा खुशी छाउने मान्यता रहेको छ।
५. यदि तपाईलाई लाग्छ कि मेरो दाजु भाइमा कसैको नजर लागेको छ, भने तपाई यस दिन फिटकिरीले आफ्नो दाजु भाईलाई सात पटक घुमाउनु होस् र कुनै चौबाटोमा राख्दिनुहोस् तथा जलाई दिनुहोस्।