टिभी को लोकप्रिय गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ लगभग ८ महिना को यात्रा पछि अगस्त १५ मा समाप्त भएको छ । प्रतियोगी पवनदीप राजन यस सिजनको विजेता बनेका छन् भने अरुणिता कांजीलाल दोस्रो नम्बरमा आएकी छिन्। यस पछि, सायली काम्बले तेस्रो नम्बर मा छन्। यसपछि मोहम्मद दानिश, निहाल टौरो र शन्मुखप्रिया रहेका छन् ।
विजेताको घोषणा पछि पवनदीप राजन र अरुणिता कांजीलाल एक अर्कालाई खुशीले अँगालो हाले। दुबैले एक अर्कालाई जितको लागी बधाई दिए। यदि तपाईले यास दृश्य छुटाउनु भएको छ भने हामीले तस्बिर ल्याएका छौं ।
पवन दिपले जिते फ्यनको मन
‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजनले शोको स्टेजमा अन्तिम पटक प्रदर्शन गरेका थिए। उनले गितार बजाएर आफ्नो प्रदर्शन सुरु गरे र सुशांत सिंह राजपूत अभिनित फिल्म ‘केदारनाथ’ बाट गीत ‘काफिराना’ गाए। यस पछि, उनले ‘हवाईन’, ‘नादान परिन्दे’ र ‘सद्दा हक’ जस्ता गीत गाएर त्यहाँ उपस्थित दर्शकलाइ मनोरन्जन दिलाएका थिए ।
अरुणिताले गाइन् यो गित
जब अरिणीता पहेको लेहेंगामा उनको अनौठो शैलीमा प्रस्तुत भएकी थिइन् तब सबै दर्शक उनलाई देखेर चकित परेका थिए । उनले ‘दीवानी मस्तानी’, ‘ओ मेरे पिया’ र ‘घर मोर परदेसिया’ बोलको गित गएकी थिइन् । तेसै समयमा उनको प्रस्तुतीले जज सोनु कक्कड भावुक बनेका थिए ।