सन २०११ मा मिस नेपाल बन्न सफल मोडल तथा अभिनेत्री मलिना जोशी यतिबेला सामाजिक सञ्जालमा छाएकी छिन् । सन २०१४ मा फिल्म ऋतुबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री मलिनाले त्यसपछि जुनकिरी, द विनर र रानी जस्ता फिल्महरुमा अभिनय गरेकी छिन्।
पछिल्लो समयमा मलिना सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । अहिले मलिनाले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरको कारण चर्चामा आएकी छिन् ।
मिस नेपाल बन्न सफल भएपछी अभिनेत्रीले नेपाली फिल्म क्षेत्रमा अभिनय यात्रा सुरु गरेकी थिइन् । फिल्म क्षेत्रमा उनले अथक प्रयास गर्दापनि सफल हुन नसकेपछि मलिना अभिनय यात्रा छोडेर विदेश तिर लागेकी थिइन् ।
अभिनेत्रीको बेला-बेला प्रेम चर्चा पनि हुने गरेको छ । केहि समय पहिले उनको अभिनेता अनुप बिक्रम शाही संगको प्रेम र ब्रेकअपले सामाजिक सञ्जाल तातेको थियो ।
यतिबेला अभिनेत्री अमेरिका बस्दै आएकी छिन् र सामाजिक सञ्जाल इन्स्टाग्राममा उनको बेला-बेलामा केहि ताजा तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।
केहि समय पहिले अभिनेत्रीले उनको सामाजिक सञ्जालमा यी तस्बिर पोस्ट गरेकी थिइन् जुन सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
तस्बिर श्रोत: मलिना जोशी इन्स्टाग्राम