अहिले फ्यानहरुको इन्डियन आईडल को बन्छ भन्ने प्रतिक्षा सकिएको छ। अगस्ट १५ मा भारतको सबैभन्दा ठूलो गायन रियालिटी शो इन्डियन आइडल १२ को विजेताको नाम घोषणा गरिएको छ। यस पटक इन्डियन आइडल १२ को विजेताको उपाधि पवनदीप राजनले जितेका छन्। जो शोको सबैभन्दा मनपर्ने प्रतियोगीहरु मध्ये एक मानिन्छन्।
फ्यानहरु यतिबेला पवनदिपको जितको खुशी मनाई रहेका छन् । यस बिचमा पवनदिपले सबैलाई चिकित पर्ने कुरा गरेका छन् । एक अन्तर्वार्ताको क्रमम पवनदीपाले भनेका छन् । ‘ट्रफी जिते पछि पनि उनले राम्रो महसुस गर्न सकेका छैनन् । किनकि उनलाई लागेको छ कि बाँकी रहेको प्रतिस्पर्धी मध्ये कोहि आइडलको ट्रफी जित्न लायक थियो।’
पवनले भने ‘अन्तिम क्षणहरुमा मैले धेरै सोचेको थिइन। मेरो दिमागमा एउटै मात्र कुरा थियो कि जो कोहिले शो जित्छ, ट्रफी कसै न कसैको एक साथीको हातमा हुनेछ । हामी एक परिवार हौं।’
पवनदीपले थप भने- जब मेरो हातमा ट्रफी परेको थियो त्यस समयमा मलाई किन-किन राम्रो महसुस भएको थिएन् । किनकि हामी सबै जित्न लायक थियौं। हामीले योजना बनाएका छौ कि भविष्य सबै मिलेर एक साथ काम गर्नेछौ र शो पश्चात पनि सधै हामी एक अर्कोको सम्पर्कमा रहने छौ ।
ट्रफी बाहेक पवनदीपले २५ लाख रुपैयाँ र एक लक्जरी कार पाएका छन्। विजेताको नाम १२ घन्टाको फाइनल एपिसोडको अन्त्यमा घोषणा गरिएको थियो। कार्यक्रममा धेरै सेलिब्रेटीहरुको उपस्थिति रहेको थियो। पवानदिप बाहेक सबैले मन पराइएको प्रतियिगी रुणिता कांजीलाल दोस्रो स्थान् प्राप्त गर्न सफल भएकी छिन् ।
तस्बिर श्रोत: पवनदिप राजन इन्स्टाग्राम