ज्याकलिन फर्नांडीज बलिउडकी शीर्ष अभिनेत्रीको सूचीमा पर्छिन्। ज्याकलिन फर्नांडीजको जन्म सन १९८५ अगस्ट ११ मा कोलम्बो श्रीलंकामा भएको थियो। अहिले उनि ३६ बर्षकि भएकी छिन् ।
ज्याकलिन फर्नांडीज मोडलिंगको लागि भारतको मुम्बई आएकी थिइन् । यस समयमा अभिनेत्रीले फिल्म अलादीनको लागि अडिसन दिएकी थिइन् र उनले फिल्ममा अभिनय गर्ने अवसर पाएकी थिइन् । सन २०१० मा अभिनेत्रीले बेस्ट डेब्यु अवार्ड पाउन सफल भएकी थिइन् ।
ज्याकलिन फर्नांडीज सन २००६ मा श्रीलंकाको मिस युनिभर्स भएकी थिइन्। धरै कम मान्छेलाई मात्र थाहा छ कि अभिनेत्री पहिले अभिनय क्षेत्रमा आउनु भन्दा पहिले रिपोर्टर थिइन् । अभिनेत्रीले थुप्रै सुपर हिट फिल्महरुमा काम गरिसकेकी छिन् । जस्तै किक, रोय, जुडवा २ जस्ता धेरै सुपरहिट फिल्महरुमा काम गरिसकेकी छिन्।
ज्याकलिनले एक अन्तर्वार्ताको क्रममा भनेकी थिइन् कि उनी विवाह नगरी आमा बन्न चाहान्छिन्। वास्तवमा उनले भनिन् कि उनी हतारमा विवाह गर्न चाहदिनन् । उनले थप भनिन् उनि एक आदर्श व्यक्ति सँग विवाह गर्न चाहान्छिन तर उनले यस्तो व्यक्ति अहिले सम्म भेटेकी छैनन् । यससँगै अभिनेत्रीले यो स्पष्ट पारेकी थिइन् कि उनलाई आमा बन्न कोहि रोक्न सक्दैनन्।
ज्याकलिन भन्दा पहिले नै सनी लियोनी र सुष्मिता सेनले बच्चाहरु अपनाएका छन् । ज्याकलिनको आगामी फिल्मको कुरा गर्नु पर्दा उनको आगामी फिल्म भुत पुलिस र किक २ रिलिजको पर्खाइमा रहेका छन् ।