इन्डियन आइडलको नतिजा आज सार्वजनिक हुने, को पुग्यो त जितको नजिक?

गायन रियालिटि शो इन्डियन ‘आइडल सिजन १२’ को फिनाले आज दिउसो १२ बजेबाट शुरु भैसकेको छ । इन्डियन आइडल यस बर्षको रियालिटी शोहरु मध्यको सबैभन्दा बढी टिआरपी जम्मा गर्न सफल भएको छ । अगस्ट १५ अर्थात आज १२ बजेबाट शुरु भएको ‘इन्डियन आइडल सिजन १२’ बिजेता घोसणा हुनेछ । आज फिनालेमा पुगेका ६ प्रतियोगीले विभिन्न प्रास्तुती दिने छन् ।

पवनदीप राजन र अरुणिता कांजीलालको जोडीलाई यस सिजनमा दर्शकले निकै रुचाएका छन् । यसै समयमा लगातार उनीहरु बिचमा प्रेम भएको हल्ला पनि फैलिएको छ । केहि दिन पहिले पवनले उनको र अरुणिताको सम्बन्धको बारेमा कुरा गरेका छन् र उनीहरु बिचको सम्बन्ध के हो भनेर भनेका छन् ।

पवनदिप चाहन्छन् लामो समय सम्मको मित्रता

पवनदिपले भने ‘हामीले एक अर्को सँग यतिधरै समय बिताई सकेका छौ कि अब हामी छुट्टिन सक्दैनौ मलाई लाग्छ यस्तो सबैलाई हुन्छ। मलाई  यस्तो लाग्छ कि  मानिसहरु हेरेको भरमा सबैकुरा आफै अनुमान लगाउछन् ।’  पवनदीपले अगाडि भने “हामी अहिले जवान छौँ यस समयमा हामीले आफ्नो काममा ध्यान केन्द्रित गर्नु पर्छ। म यति मात्र भन्न चाहन्छु कि हाम्रो मित्रता बुढेसकाल सम्म रहनेछ।”

यस पटक हुनेछ खास प्रस्तुति

इन्डियन आइडल सिजन १२ को फिनालेमा धेरै विशेष देखीनेछ। यस पटक धरै विशेष अथितिको आगमन हुनेछ । ति विशेष अथितिको आगमनले शो विशेष र मनोरन्जनात्मक हुनेछ । यति बेला बाकि रहेका सबै प्रतियोगी अब्बल रहेका छन् । अहिलेको समयमा सबैलाई चासोको बिषय बानेको छ । इन्डियन आइडलको बिजेता को बन्छ?

 

प्रकाशित : आइतबार, साउन ३१, २०७८१८:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पवनदीपले जिते यस सिजनको इन्डियन आइडलको ट्रफी!