बलिउड अभिनेत्री मलाइका अरोडा आफ्नो फेसन सेन्स र फिटनेसको लागी परिचित छिन्। साथै पछील्लो समयमा मलाइका अर्जुन कपूरसँगको सम्बन्धका कारण पनि चर्चामा छिन्। मलाइकाको एक छोरा अरहान छन् । तर अब अभिनेत्री एक छोरीको आमा बन्न चाहन्छिन् । हालै एक अन्तर्वार्ताको क्रममा मलाइकाले आफ्नो इच्छा व्यक्त गरेकी छिन्।
मलाइका डान्स रियालिटी शो सुपर डान्सर ४ मा फ्लोरिना गोगोईको प्रस्तुति देखेर भाबुक भएकी थिइन् । उक्त्त प्रस्तुति पछी मलाइकाले उनको आफनै छोरी पाउने इच्छा व्यक्त गरेकी थिइन् ।
हालै एक अन्तर्वार्ताको क्रममा मलाइकाले भनेकी थिइन् । एक आमाको लागि आफ्नी बच्चाको नजिक रहनु एकदमै राम्रो हुन्छ । उनले भनिन् फ्लोरिनाको प्रस्तुतिले मेरो मन छोएको छ । उसको प्रदर्शनले उ मेरो नजिक भएकी छिन् । मेरो केटीले भरिएको परिवार छ । र अब हामी सबै केटा हौ । उनले भनिन्, म एक केटीको कमि महसुस गर्छु । म मेरो छोरा अरहानलाई धरै माया गर्छु तर सायद मेरो पनि एउटा छोरी भएको भए। मेरो धरै साथिहरुले अनाथ बच्चालाई अपनाएका छन् । र वास्तवमा अच्चम्मको कुरा के छ भने बच्चाहरुले हाम्रो जीवनमा खुशी ल्याउँछन् ।
मलाइकाले भनिन् ‘ म मेरो छोरा अरहान सँग धरै कुरामा छलफल गर्छु। जस्तै कुनै दिन् हामि एक बच्लाई अपनाएर उसलाई एक परिवार र घर दिनु पर्छ हामि हरेक विषयमा कुरा गर्छौ । यो कुरा हाम्रो केहि कुरा मध्ये एक हो ।
जब सुपर डान्सर सिजन ४ मा प्रतियोगी फ्लोरिना गोगोईको प्रस्तुति देखेर मलाइका भनेकी थिइन्, के म तिमलाई मेरो घर लान सक्छु? घरमा मेरो एक छोरा छ, धरै समय पहिले देखि म भन्ने गर्थे सायद मेरो पनि एक छोरी हुन्थ्यो । मसँग धेरै सुन्दर जुत्ता र लुगा छ तर तेसलाई लगाउने कोहि छैन । अहिले मलाइका अभिनेता अरबाज खानसँग सम्बन्ध बिच्छेद गरेर बसेकी छिन् उनको साथमा छोरा अरबाज खान रहन्छन् । यतिबेला मलाइका ४७ बर्ष पुगेकी छिन् तर अहिले उनको सम्बन्धको चर्चा अभिनेता अर्जुन कपूर सँगको सम्बन्धलाई लिएर हुनेगरेको छ । अर्जुन अहिले ३६ वर्षक भएका छन् । पछिल्लो समयमा उनीहरुको उमेरको अन्तराललाई लिएर निकै चर्चा भएको थियो । तर उनीहरु यतिधरै उमेर अन्तराल भएका पहिलो प्रेम जोडी भने हैनन्।