भोलि नागपञ्चमीको दिन १०८ वर्षपछि बन्दैछ दुर्लभ संयोग, यसले तपाईमा कस्तो प्रभाव पार्ला ?

काठमाडौँ : भोलि यानी साउन २९ गते देशभर नागपञ्चमी पर्व मनाइदै छ। हिन्दु धर्ममा नागपञ्चमीको खास महत्व हुन्छ। यस दिन नाग देवता र सर्पको पूजा गरिन्छ। सर्पको पूजा गर्दा नाग देवताको पूजा गरेको जस्तै मानिन्छ। यसैकारण नाग देवताको प्रतिनिधिको रुपमा जीवित सर्पको पूजा गरिन्छ।

ज्योतिष शास्त्र अनुसार यस पटकको नागपञ्चमीको थुप्रै कारण खास हुने वाला छ। यस वर्ष नागपञ्चमीमा लगभग १०८ वर्षपछि दुर्लभ संयोग बन्दै छ। काल सर्प दोषबाट मुक्ति पाउनको लागि यो दुर्लभ संयोग अति लाभदायक छ।

काल सर्प दोष अघिल्लो जन्ममा गरिएको कुनै अशुभ कर्मको कारण बन्ने जनविश्वास छ। यस पटक नागपञ्चमीमा उत्तरा योग र हस्त नक्षत्रको विशेष संयोग बन्दै छ। यस दिन काल सर्प दोषबाट मुक्ति पाउनको लागि गरिएको पूजा सबैभन्दा प्रभावशाली हुन्छ। यस दिन काल सर्प दोषलाई हटाउनको लागि यी मध्ये कुनै एक उपाय अपनाउन सक्नुहुन्छ।

काल सर्प दोष हटाउन सबैभन्दा अचूक उपाय नागपञ्चमीको दिन कुनै सपेराबाट नाग-नागिनको एक जोडी किनेर तिनलाई जङ्गलमा लगेर छोड्दा हुन्छ।

कुनै यस्तो शिवलिंग जहाँ पहिले कुनै नाग लगिएको छैन, त्यहाँ पञ्च धातुले बनेको नाग विधि-विधानपूर्वक लगाउनुहोला। त्यसपछि शिवलिंगलाई पञ्चामृतले अभिषेक गरी भगवान शिव र नाग देवताबाट आशिर्वाद लिनुहोला। काल सर्प दोष दूर गर्ने यहीँ उत्कृष्ट उपाय हो।

नागपञ्चमीको दिन नाग देवताको दर्शन-पूजन गर्नुहोला। दूधले अभिषेक गरी आफ्नो गल्तीको क्षमा माग्नुहोला। राहु-केतुको शान्तिको लागि पूजा गर्नुहोला।

प्रकाशित : बिहिबार, साउन २८, २०७८२२:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नाग पञ्चमीको दिन भुलेर पनि नगर्नुहोस् यस्ता काम, मानिन्छ अशुभ!