१३ अगस्ट अर्थात् आज नागपञ्चमी हो। हिन्दू धर्ममा सर्पलाई पौराणिक काल देखि देवताको रूपमा पूजा गरिदै आएको छ । नागपञ्चमीको दिन नागको पुजाको बेशेष महत्व हुन्छ । नागलाई भगवान शिवको आभूषण मानिन्छ । नाग पञ्चमीको दिन नागको पूजा गर्दा विशेष लाभ हुने मान्यता रहेको छ । नाग पञ्चमीको यस शुभ अवसरको दिन केहि यस्ता काम गर्न मनाही गरिएको छ जुन आज हामी यस लेख मार्फत जानकारी गराउने छौ ।
नाग पञ्चमीको दिन जमीन खन्ने खेत जोत्ने काम गर्नु हुँदैन, यस दिन खेत तथा जमिता खनजोत गर्ने कामबाट टाढा रहनु पर्छ । नागलाई पाताल लोकको स्वामी मानिन्छ । मान्यता छ कि सर्प तथा नाग जमिनमा रहन्छन् र जमिनको रक्षा गर्दछन् । त्यसैले यस दिन जमिन खन्न मनाही गरिएको छ ।
नाग पञ्चमीको दिन जीवित नागको पुजा गर्नु हुदैन । यस बाहेक नागको प्रतिमा तथा तस्बिरको श्रद्धाको साथ पुजा गर्नु राम्रो हुनेछ । नागदेवको माटो वा धातु बाट बनेको एक मूर्तिको पनि पूजा गर्न सकिन्छ।
नाग पञ्चमीको दिन आगोमा फलामबाट बनेका वस्तु राख्नु हुँदैन। मान्यता छ कि यस्तो गर्नाले नागदेवलाई दुख, कष्ट हुन्छ । यस बाहेक यस दिन धारिलो वस्तुबाट टाढा रहनु पर्ने हुन्छ । मुख्य रुपमा यस दिन सुइ धागाको प्रयोग गर्नु हुँदैन।
नाग पञ्चमीको दिन मासु र मधिराको सेवन गर्नु हुँदैन। यस दिन भगवान शिवको जप ध्यान गर्नाले लाभ हुनेछ । नाग पञ्चमीको दिन ध्यान राख्नुहोस् कि शिवलिंग वा नाग देवलाई पीतलको भाँडोबाट दूध चढाउनु पर्छ। साथै पानी चढाउनु परेमा तामाको लोटाबाट चढाउनु राम्रो मानिन्छ ।
जसको कुण्डलीमा राहु केतुको प्रभाव परेको छ, उसले नाग पञ्चमीको दिन विशेषगरी नाग देवताको पूजा गर्नु पर्दछ। यसो गर्नाले कुण्डलीमा भएको दोषहरु हराएर जान्छ ।