बलिउड अभिनेत्री उर्वशी सधैँ उनको तस्बिरको कारण चर्चामा हुने गरेकी छिन् । तर अहिले वास्तवमा नै अभिनात्रीले सामाजिक सञ्जालको ताप बढाएकी छिन् ।
बलिउड अभिनेत्री उर्वशी रौतेला उनले लगाएको बहुमुल्य पोशाक र शैलीको कारण चर्चामा छिन् । उर्वशी रौतेला लामो समय देखि बलिउडको एक अनौठो र पृथक शैलीको अभिनेत्री भनेर चिनिन्छिन् । उनको शैलीलाइ धरै मानिसहरु अनुसरण गर्छन् । अहिले उर्वशीले एक भिडियो पोस्ट गरेकी छिन् । जसमा उनको एक पृथक शैली देख्न सकिन्छ ।
View this post on Instagram
उर्बशीले उनको इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्रीले सेतो रंगको बुट्टेदार ड्रेस लगाएको छिन् । साथै अभिनेत्रीले कानमा १५ इन्च लामो झुम्का लगाएकी छिन् । यस पोसाकमा आभिनेत्रीले विभिन्न पोज दिएकी छिन्।
अहिले उर्वशीले पोस्ट गरेको भिडियोमा ४ लाख भन्दा बढीले लाइक गरिसकेका छन् ।
तस्बिर पोस्ट गर्दै अभिनेत्री क्याप्सनमा लेख्छिन् ‘५१.८ डिग्रीको तापक्रमा म पगलिदै छु । मेरो टिमले मलाई माया दिइरहेका छन् ।’
अहिले उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ।
तस्बिर श्रोत: उर्वशी रौतेला इन्स्टाग्राम