टिभीको चर्चित अभिनेत्री तथा बिग बोस सिजन १४ को बिजेता रुबिना दिलैक सामाजिक सञ्जालमा सक्रिय छिन् । रुबिनाको सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइंग पाउन सकिन्छ। पछिल्लो दिनहरुमा रुबिना सामाजिक सञ्जालहरुमा तस्बिर तथा भिडियो पोस्ट गरिरहन्छिन् । फ्यानहरु उनको शैलीलाई धरै मन पराउछन् । एक पटक फेरि अभिनेत्रीले उनको केहि तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।
रुबिना दिलैकले आफ्ना सुन्दर तस्बिरहरु फ्यानहरुसँग शेयर गरेकी छिन्। यी तस्वीरहरुमा उनी बो-ल्ड र सुन्दर लुकमा देखिएकी छिन्। रुबिनाले आफ्नो शैलीले मानिसहरुलाई पागल बनाइरहेकी छिन्।
तस्बिरहरुमा रुबिना दिलैक मोनोकिनी शैलीमा बिकिनीमा देखिएकी छिन् । तस्बिरमा रुबिना उनको फिट तथा आकर्षक शरीर देखाउदै छिन् ।
रुबिना टिभी कार्यक्रम ‘शक्ति’ शोमा साडीमा देखिन्छिन्। अहिले रुबिनाको बो-ल्ड लुक टिभीमा नदेखिए पनि सामाजिक सञ्जालमा भने उनको बो-ल्ड लुकको कारण चर्चामा हुनेगरेकी छिन् ।
रुबिना दिलैक अहिले पारिवारिक बिदामा गोवा गएकी छिन्। यो जानकारी उनकी बहिनीको यूट्यूब ब्लगमा दिइएको थियो। यति बेला रुबिनाको परिवार गोवामा रमाइलो गरिरहेको छ ।
तस्बिर श्रोत: रुबिना दिलैक इन्स्टाग्राम