आजबाट शुक्र ग्रहले गर्यो राशि परिवर्तन, यी ३ राशिलाई हुदैछ लाभै-लाभ, फाईदै-फाईदा!

मानव जीवनमा सुख, समृद्धि र रमाइलो पलहरुको आगमन हुने ग्रह शुक्र ग्रह, राशि परिवर्तन गरेर कन्या राशिमा प्रवेश गर्दैछ। शुक्र ग्रहको राशी परिवर्तनले केहि राशिलाई जीवनमा सुख, समृद्धि र खुशीको आगमन हुनेछ ।

शुक्र खुशी, सौन्दर्य, समृद्धि, वैवाहिक जीवनको कारक ग्रह हो। यद्यपि यो ग्रह वृषभ र तुला को स्वामी हो। तर शुक्र ग्रहको राशि परिवर्तनले सबै ग्रहमा यसको असर परेको छ । यस राशि परिवर्तनको प्रभाव आज ११ अगस्टबाट सुरु भएर आगामी सेप्टम्बर ६ तारिक सम्म यसको प्रभाव रहनेछ। यस अवधिमा केहि राशिहरुलाई  धरै शुभ हुने भएको छ ।

शुक्र ग्रहको यस राशी परिवर्तन केहि राशिहरुमा आर्थिक दृष्टिले निकै लाभदायक रहेको छ । यस अवधिमा कर्कट, सिंह र तुला राशीका व्यक्तिहरुको लागि यस अवधिमा आर्थिक दृस्टीले निकै फलदाहि रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

यस अवधिमा कर्कट राशि भएका  व्यक्तिहरुको बोलीको प्रभाव बढ्नेछ । बोलीमा भएको मिठासको कारण धरै काम सहजै सम्पन्न हुनेछ । आर्थिक स्थिति राम्रो हुनेछ। परिवारमा खुशी छाउनेछ। मान प्रतिष्ठा बढ्नेछ।

सिंह राशी– मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

यस अवधिमा सिंह राशि भएका व्यक्तिहरुलाई व्यापार व्यवसायमा लगानी गर्न राम्रो समय रहेको छ । विभिन्न पेशामा लागेका मानिसहरुलाई  समस्या बाट छुट्कारा मिल्नेछ । सम्बन्धमा सुधार हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :


भविष्य निर्माणको लागि राम्रो समय रहेको छ । प्रेम जीवन-दाम्पत्य जीवन पनि राम्रो हुनेछ। वैदिशिक यात्राको अवसर मिल्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । आध्यात्मिक कार्यमा रुची बढ्ने छ ।

प्रकाशित : बुधबार, साउन २७, २०७८१६:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज परेको छ विनायक चतुर्थी, दुख-कष्टबाट मुक्ति पाउन अपनाउनुहोस् यस्ता उपाय!