टिभीको चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ चाँडै पुन: प्रसारणमा आउने भएको छ । शोको सेट पूर्ण रूपमा तयार भएको छ भने शोको पहिलो भाग पनि छायाँकन भैसकेको छ । गत बर्ष कोरोनाको कारण भएको लकडाउनले शोको प्रसारण बन्द भएको थियो ।
अब शो नयाँ सिजनको साथमा तयार भएको छ । मिडिया रिपोर्टको अनुसार अब शोमा पहिलेको भन्दा धरै परिवर्तन देख्न पाइनेछ । अब शोमा दर्शकले एटिएम पाउने छन् । १० स्टार ढावा र एक रमाइलो महल देख्न पाउने छन् ।
नयाँ लाईट सिस्टमको साथमा नयाँ सोफा सेट देख्न सकिन्छ। सेटको देब्रे भागमा एक सुन्दर होटलको साथमा एक सुन्दर तथा रमाईलो महल देख्न सकिने छ । जसमा कमेडियन मालिकको भुमिकामा देखिने छन् ।
यस पटक पनि अर्चना पूरन सिंह पनि देखिने छिन् साथै म्युजिशियहरुको लागि पनि नयाँ स्थान बनाइएको छ ।
सुन्दर घरको साथमा एक अनौठो प्रवेश द्वार देखिनेछ । सेटको भित्र सामान्य किराना पसल पनि हुनेछ । तस्बिरमा अगाडीको भागमा शोमा आउने अतिथि बस्ने स्थान देख्न सकिन्छ ।
केहि दिन पहिले कपिल शर्माले आगामी शोको पहिलो भागमा आउने अतिथिको बारेमा केहि जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेका थिए । कपिलले अक्षय कुमारसँग एउटा फोटो सेयर गरेका छन्, जसमा अभिनेता अक्षय कुमार कपिल शर्माको खुट्टा छुदै गरेको देख्न सकिन्छ । वास्तवमा अक्षय कुमार आफ्नो आगामी फिल्म ‘बेलबटम’ को प्रचार-प्रसारमा व्यस्त छन् । कपिल शर्माको आगामी शोमा अक्षय उनको आउँदो फिल्म ‘बेलबटम’ को प्रचार गर्न आउन लागेका हुन् । अक्षय कुमार कपिल शर्मा शोको यस सिजनको पहिलो गेस्ट हुनेछन् ।