पवनदिप र अरुणिता बुढेसकाल सम्म सँगै रहन चाहन्छन्, सम्बन्धको बारेमा गरे यस्तो खुलासा!

‘इन्डियन आइडल १२’ अब अन्तिम चरणमा पुगेको छ । केही दिनमा नै यस शोको विजेता दर्शकले थाहा पाउने छन् । यसै बीचमा अब पवनदीप राजनले अरुणितासँगको सम्बन्धको बारेमा खुलासा गरेका छन् ।

इन्डियन आइडल अन्तिम नतिजा आउन अब केहि दिन मात्र बाँकी छ । शोको फाइनल आगामी अगस्ट १५ तारिखमा हुनेछ । यस बिषयलाई  लिएर प्रतियोगी मात्र नभई सम्पूर्ण देशकहरुलाई चासोको विषय बनेको छ। अहिले शोमा बाँकी रहेका  सम्पूर्ण प्रतियोगी दर्शक माझ धेरै चर्चामा छन् । विशेषगरी पवनदिप राजन र अरुणिता कान्जिलाल हरेक साता चर्चामा हुन्छन् । प्राय: पवनदिप र अरुणिताको सम्बन्धको बारेमा चर्चा हुने गरेको छ ।

इन्डियन आइडलका जज देखि होस्ट र शोमा आउने अतिथि सम्मले पवनदिप र अरुणिता जिस्काउने गर्छन् । अहिले सम्म यी देबैले यिनीहरुको सम्बन्धको बारेमा खुलेर बताएका छैनन् । अर्कोतर्फा शोको निर्माताहरुले पटक-पटक अरुणिता र पवनदिपको रोमान्टिक कोण देखाउनाले सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले ट्रोल बनाएका छन् । एक अन्तर्वार्ताको क्रममा पवनदीपले खुलेर भनेका छन् । अरुणिता र पवनदिप एक मिल्ने साथी मात्र  हुन्।

पवनदिपले भने ‘हामीले एक अर्को सँग यतिधरै समय बिताई सकेका छौ कि अब हामी छुट्टिन सक्दैनौ मलाई लाग्छ यस्तो सबैलाई हुन्छ। मलाई  यस्तो लाग्छ कि  मानिसहरु हेरेको भरमा सबैकुरा आफै अनुमान लगाउछन् ।’  पवनदीपले अगाडि भने “हामी अहिले जवान छौँ यस समयमा हामीले आफ्नो काममा ध्यान केन्द्रित गर्नु पर्छ। म यति मात्र भन्न चाहन्छु कि हाम्रो मित्रता बुढेसकाल सम्म रहनेछ।”

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८१७:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कपिल शर्मा शोको सेटमा आयो यतिधेरै परिवर्तन्, हेर्नुहोस् तस्बिर सहित!