फाईनल शो भन्दा पहिलेनै बाहिरिएका हुन् त पवनदिप, सार्वजनिक भयो यस्तो भिडियो!

सानो पर्दाको रियालिटी शो इन्डियन आइडल सिजन १२ को फाइनल यही  अगस्ट १५ मा हुनेछ । यस भन्दा पहिले नै शोको एक प्रोमो सार्वजनिक भएको  छ । प्रोमोमा पवनदिप राजन यस शोका अन्तिम प्रतियोगी मानिन्छन् । यस भिडियोमा पवनदिप ‘अभि मुझमे कही’ बोलको गित गाउँदै गरेको देख्न सकिन्छ ।

तर अहिले शोको फाइनल भन्दा पहिले नै विभिन्न खबर आउन थालेका छन् । खबर अनुसार सेमी फाइनलबाट  नै पवन बाहिरिने बताइएको छ। सोनी टिभीद्वारा सार्वजनिक गरिएको प्रोमोमा देख्न सकिन्छ कि पवनदिप गीत गाउदै गर्दा अन्य सबै प्रतियोगी रुदै हुन्छन् ।

यससँगै शोको एक तस्बिर सार्वजनिक भएको छ जसमा पवनदिप बाहेक करण जौहर, अन्य प्रतियोगीलाई देख्न सकिन्छ । पवनदीपको अनुपस्थितिले त्यहाँ मानिसहरु चिन्तित देख्न सकिन्छ । तस्बिर हेरेर अनुमान लगाउन सकिन्छ कि पवनदीप राजनको यात्रा फाइनल सम्म पुग्नु भन्दा पहिले नै समाप्त हुन सक्छ।

भारतीय मिडियाको रिपोर्ट अनुसार यस कुराममा कत्तिको सच्चाई छ भन्ने कुरा आगामी शो हेरेपछि थाहा हुनेछ । गत शोमा अतिथिको रुपमा करण जौहर देखिएका थिए। उक्त्त साता शोमा कोहि पनि प्रतियोगी बाहिरिएका  थिएनन्  । यस खबरले अब पवनदिपको फ्यानहरुको मुटुको धड्कन बढेको छ।

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८१५:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिकिनी अवतारमा स्विमिंग पूलमा यस्तो रुपमा देखिइन् मौनी, तस्विर सहित!