बलिउड अभिनेत्री शिल्पा शेट्टी अहिले विभिन्न समस्यामा परेकी छिन् । जब उनको श्रीमान राज कुन्द्रा अ-श्लील भिडियो काण्डमा पक्राउ परेका थिए, त्यस समय देखि शिल्पाले गरेका क्रियाकलाप चर्चाको बिषय बनेको छ । शिल्पा शेट्टी लगातार सामाजिक सञ्जालमा ट्रोल भईरहेकी छिन्। हालै शिल्पा र उनकी आमा सुनन्दालाइ अर्को समस्या आई परेको छ ।
शिल्पा र सुनन्दामाथि वेलनेस सेन्टरको ब्रान्च खोल्ने नाममा करोडौँ रुपैँया ठगेको आरोप लागेको छ। ओमेक्स हाइट्स निवासी ज्योत्सना चौहानले विभूतिखन्ड र रोहित वीर सिंहले हजरतगन्ज थानामा दुवै विरुद्द एफआईआर दर्ता भएको छ। दुवैलाई सोधपुछको लागि नोटिस पठाईएको छ। लखनउ ईस्ट डीसीपी संजीवले बताए कि बीबीडी चौकी इन्चार्ज शिल्पा र सुनन्दासँग कुराकानी गर्न आज मुम्बई जानेछन्। यस मामिलामा पुलिसले अनुसन्धान गर्नेछन्।
लखनउ पुलिसको एक टीम मुम्बईमा पुगेका छन्। साथै एक अर्को टोली आज मुम्बई जानेछन्। यस मामिलामा पुलिस शिल्पा र सुनन्दासँग सोधपुछ गर्नेछन्। यदि दुबै दोषी ठहरिए गिरफ्तारी हुने सम्भावना छ। शिल्पा वेलनेस सेन्टरको अध्यक्ष हुन् र उनकी आमा निर्देशक हुन्।
भारतीय मिडिया रिपोर्ट अनुसार मुम्बई पुलिस आज शिल्पा र उनकी आमासँग सोधपुछको लागि लखनऊबाट मुम्बई जादैछ । मुम्बई पुलिसले भनेको छ, यस केसको हरेक पक्ष छानबिन गरिनेछ। एक उच्च प्रोफाईल केस भएको हुनाले, पुलिस प्रत्येक र हरेक पक्षलाई नजिकबाट अनुसन्धान गर्नेछ।