एजेन्सी : बलिउड अभिनेत्रीहरु सुन्दरताको मामिलामा कोहीँ भन्दा कोहीँ कम छैनन्। सबै अभिनेत्रीहरुका लाखौँका सङ्ख्यामा चाहनेवालाहरु छन्, जो तिनको सुन्दरताको तारिफ गरेर कहिल्यै थाक्दैनन्। प्रियंका चोपडा, दीपिका पादुकोण जस्ता अभिनेत्रीहरुलाई तपाईले प्राय: मेकअपमा नै देख्नुभएको होला।
फिल्मदेखि लिएर र्याम्प या एयरपोर्टमा पनि उनीहरु मेकअपमै देखिन्छन्। के तपाईले कहिल्यै सोच्नुभएको छ यी बलिउड अभिनेत्रीहरु बिना मेकअप कस्ता देखिन्छन्। आज हामी तपाईलाई देखाउँछौँ अभिनेत्रीहरुका बिना मेकअप लुकका तस्बिरहरु : –
प्रियंका चोपडा : – प्रियंका चोपडा निकै ग्लामरस छिन्। बिना मेकअप पनि प्रियंका आकर्षक देखिन्छिन्। प्रियंका चोपडाको यो तस्बिर विवाह अघिको हो।
तापसी पन्नू : – ‘थप्पड’ फेम एक्ट्रेस तापसी पन्नूको अभिनय दमदार मानिन्छ। उनको टम ब्वाय लुक पनि अरु बलिउड एक्ट्रेसभन्दा निकै अलग छ। बिना मेकअपमा तापसीलाई कस्तो देखिन्छ यो तस्बिरमा देख्न सकिन्छ।
श्रद्धा कपूर : – शक्ति कपूरकी प्यारी छोरी श्रद्धा कपूर बिना मेकअपमा पनि अत्यन्तै सुन्दर देखिन्छिन्। श्रद्धाको यो फोटो बिना मेकअप वाला लुकको हो।
सारा अली खान : – बलिउडको उदीयमान अभिनेत्री सारा अली खान बब्ली गर्ल हुन्। सारा आफ्नी आमा जस्तै देखिन्छिन्। अधिकांसले उनलाई आमा अमृता सिंहको कार्बन कपी भन्छन्। यस तस्बिरमा सारा बिना मेकअपमा देखिएकी छिन्।
प्रीति जिन्टा : – बलिउडकी डिम्पल गर्ल प्रीति जिन्टाले आफ्नो स्माइल र कर्ली कपालले बलिउडमा तहल्का मच्चाएकी छिन्। एक जमानामा उनलाई मानिसहरुले खुब मन पराउँथे। बिना मेकअप पनि उनको मुहारको चमकमा कुनै कमी आउँदैन।
करीना कपूर : – बलिउड अभिनेत्री करीना कपूरको सुन्दरताको चौतर्फी चर्चा हुन्छ। दुई बच्चाको आमा भए पनि उनले आफूलाई मेन्टेन गरेकी छिन्। मेकअप र बिना मेकअपमा उनलाई कुनै फरक देखिँदैन्।
कंगना रनौत : – विवादास्पद बयानबाजीको कारण सधैँ चर्चामा हुने अभिनेत्री कंगना रनौत नेचुरल ब्युटी क्वीन हुन्। कार्ली हेयर र गोरो रङ्गकी कंगना बिना मेकअपमा पनि शानदार देखिन्छिन्।
काजोल-रानी मुखर्जी : – काजोल र रानी मुखर्जी कजिन दिदीबहिनी हुन्। दुवैको अनुहारमा समानता छैन तर दुवैको स्किन टोन डस्की छ। यस तस्बिरमा दुवैजना बिना मेकअपमा देखिएका छन्। यो तस्बिर धेरै पहिलेको हो।
दीपिका पादुकोण : – दीपिका पादुकोण अहिले बलिउडको टप एक्ट्रेसमध्ये एक हुन्। उनी बिना मेकअप धेरै ठाउँमा देखा परेकी छिन्। दीपिकाको स्किन टोन केही डस्की छ र उनी बिना मेकअप पनि सुन्दर देखिन्छिन्।
अनुष्का शर्मा : – बलिउड अभिनेत्री अनुष्का शर्मा बिना मेकअप पनि कोहीँ भन्दा कम छैन। तस्बिरमा उनको क्लियर स्किन तपाईले देख्न सक्नुहुन्छ।