मलाइका देखिइन् यस्तो रुपमा, फ्यानहरु कमेन्टमा लेख्छन् अझै सुन्दर हुनुहुन्छ आन्टी!

बलिउडको चर्चित अभिनेत्री मलाइका आरोडा  सुन्दरताको साथै अभिनयको कारण सबैलाई मोहित बनाउछिन् । अहिले अभिनेत्री मलाइकाले  सामाजिक सञ्जाल इन्स्टाग्राममा केहि तस्बिर सार्वजनिक गरेकी छिन् । उक्त्त तस्बिर अहिले सामाजिक सञ्जालमा सबैमाझ  विशेष बनेको छ । मलाइकाले पोस्ट गरेको तस्बिरमा उनले यस्तो पोज दिएकी छिन्, जसलाई देखेर सबैजना अचम्ममा परेका छन् ।

मलाइका प्राय:  सुन्दरताको साथै आकर्षक अभिनयको कारण सबैमाझ परिचित छिन् । उनले हालै आफ्नो इन्स्टाग्राममा केहि तस्बिरहरु सेयर गरेकी छिन्। जसलाई देखेर उनका फ्यानहरु उनि प्रति मोहित भएका छन् ।


मलाइका आरोडा हालै बिग बोस ओटीटीको प्रीमियरमा देखिएकी थिइन्। बिग बोसको प्रिमियरको क्रममा मलाइकाले आकर्षक नृत्य गरेकी थिइन् । अहिले मलाइकाले साडीमा केहि तस्बिर सार्वजनिक गरेकी छिन् ।

तस्बिरमा मलाइका बुट्टेदार साडीमा देखिएकी छिन्। फोटोहरुमा मलाइकाको सबैलाई आकर्षण गर्ने शैली देख्न सकिन्छ।

मलाइका अहिले ४७ बर्षकी भएकी छिन् । उनको उमेरले उनको शैलीको आगाडी कुनै फरक नपार्ने देख्न सकिन्छ । अहिले मलाइकाले पोस्ट  गरेको तस्बिरमा २ लाख भन्दा बढीले लाइक गरिसकेका छन् , साथै तस्बिरमा कमेन्टको पनि बर्षात भएको छ । अहिले मलाइकाको तस्बिरमा कसैले आगोको इमोजी बनाएर कमेन्ट गरिहेका छन् भने कसैले कमेन्टमा मलाइकालाई यो उमेरमा निकै फिट छिन् आन्टी भनेर कमेन्ट गरेका छन्।

तस्बिर श्रोत: मलाइका आरोडा इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८१२:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राज कुन्द्रापछि शिल्पा र उनकी आमालाई पनि लाग्यो करोडौ ठगीको आरोप, आज सोधपुछ हुने!