आजबाट श्रावण शुक्लपक्ष सुरु, यी ४ राशिका जातकको जीवनमा हुनेछ खुशीको वर्षात्

काठमाडौँ : हिन्दु पञ्चाङ्ग अनुसार अहिले शिवजीको प्रिय महिना साउन चलिरहेको छ। साउन २४ गते औँसीदेखि श्रावण कृष्णपक्ष समाप्त भएको छ र आज साउन २५ गते सोमबारबाट श्रावण शुक्लपक्ष प्रारम्भ भएको छ। यो शुक्ल पक्ष यी ४ राशिहरुका लागि अत्यन्तै शुभ छ। यी राशिका लागि यो शुक्ल पक्ष कति शुभ फलदायी हुनेछ त ?

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

साउन महिनाको शुक्ल पक्ष मिथुन राशिका जातकका लागि निकै अनुकूल छ। यस अवधिमा रोकिएका कामहरु पूरा हुनेछन्। धन लाभको योग छ। यस अवधिमा आर्थिक स्थिति मजबूत हुनेछ। जुन काम गर्नुहुनेछ त्यसमा सजिलै सफलता पाउनुहुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका जातकको लागि साउन महिनाको शुक्ल पक्ष अनुकूल साबित हुनेछ। यस समयावधिमा भगवान शिवको कृपाले बिग्रिएका काम बन्नेछन्। लगानीको लागि यो समय उत्तम छ। लगानीबाट मनग्यै लाभ उठाउनुहुनेछ। आर्थिक लाभको योग बनेको छ। आय वृद्धि हुनेछ। खर्च कम हुनेछ। तपाईको भाग्योदय योग प्रबल छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

ज्योतिष शास्त्रको गणना अनुसार तुला राशिका जातकको लागि साउनको औंसीपछिको समय राम्रो हुनेछ। पञ्चाङ्ग अनुसार औंसी साउन २४ गते आइतबारको दिन परेको थियो। त्यसपछि तपाईलाई आर्थिक लाभ हुन् सुरु हुनेछ। जसले गर्दा तपाईको आर्थिक स्थिति मजबूत हुनेछ। जागिरमा नयाँ मौका पाउनुहुनेछ। व्यापार-व्यवसाय गर्ने जातकले राम्रो मुनाफा पाउनेछन्।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका लागि समय उत्तम रहनेछ। काम गर्ने जाँगर बढ्नेछ। अहिलेसम्म रोकिएका कामले पूर्णता पाउनेछ। समाजमा मान-सम्मान बढ्नेछ। कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग सम्बन्ध थप मधुर हुनेछ। धन लाभको राम्रो अवसर पाउनुहुनेछ।

प्रकाशित : सोमबार, साउन २५, २०७८१८:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आगामी शनिबारसम्म यी ४ राशिमा रहनेछ शिवजीको विशेष कृपा, पाउनेछन् शुभ परिणाम