काठमाडौँ : ज्योतिष गणनाको अनुसार यस हप्ता ४ राशिका मानिसको लागि अत्यन्तै शुभ र भाग्यशाली रहनेछ। यस अवधिमा यी चार राशिका व्यक्तिहरूले धेरै क्षेत्रहरूमा शुभ परिणामहरू पाउने छन्। यस हप्ता ग्रह र नक्षत्रहरूको चाल यी चार राशिका मानिसहरुका लागि अनुकूल छ। जान्नुहोस् यी ४ राशिको बारेमा….
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
तपाईंको लागि यो अवधि शुभ रहनेछ। राम्रोसँग काम बत्रेछन्। स्वास्थ्यसम्बन्धी समस्या खडा हुनसक्छ तर परिवारबाट पाएको सहयोगले त्यस्ता समस्यालाई हल गर्न सकिने छ । मित्र सहयोग मिली नै रहला । व्यापारसम्बन्धी काममा राम्रो प्रगति देखिन्छ । कार्यक्षेत्रमा पनि तपाईंको प्रगति हुनसक्छ। आयका नयाँ स्रोत भेटिनेछन्। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
इष्टमित्रहरूसँग भेटघाट हुने र गतिलो विचार–विमर्श हुने सम्भावना देखिन्छ । बौद्धिक स्थिति त्यति कमजोर छैन । खर्च भए पनि असल काममा नै हुनाले चिन्ता लिनुपर्ने समय छैन । अचानक धन लाभ मिल्ने सम्भावना रहेको छ । परिवारको कुनै सदस्यको बारेमा मनमा चिन्ता रहन सक्छ। प्रेम सम्बन्ध निकै मजबूत हुनेछ। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
पूर्वाद्र्ध निकै राम्रो छ । काम गर्ने प्रवृित्त बढ्ला भने गरेका काममा सफलता देखा पर्छ । महिना मित्रको सहयोग प्राप्त हुनाले आर्थिक लाभ मिल्ने पूरा सम्भावना रहेको छ। परिवारमा सुखमय वातावरण रहँदा मन प्रशन्न रहनेछ। जीवनसाथीले केहि विशेष सफलता हात पार्न सक्नेछ। प्रेम सम्बन्धमा मजबूति आउनेछ। जीवनसाथीसँग निकै रमाइलो र विशेष क्षण बिताउनुहुनेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
तपाईंको लागि यो समय राम्रो खालको छ । गरेका काममा सफलता र नयाँ काम हातमा पर्नाले आर्थिक स्थिति त्यति कमजोर रहने छैन । रिस गर्नेहरू भए पनि तिनीहरूले खासै केही बिगार्न सक्ने छैनन् । कार्यक्षेत्रमा तपाईंले सहकर्मी तथा उच्च पदाधिकारीबाट भरपूर साथ सहयोगको अपेक्षा गर्न सक्नुहुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ।