आज राति बुधले राशि परिवर्तन गर्दै, यस गोचरले यी ४ राशिमा पार्नेछ प्रत्यक्ष प्रभाव

काठमाडौँ : ज्योतिषमा बुध ग्रहलाई अत्यन्तै महत्वपूर्ण ग्रह मानिन्छ। यो बुद्धि, विश्लेषण, विज्ञापन र सञ्चारको कारक हो। बुध ग्रह लगभग १४ देखि ३० दिनको अवधिमा अर्को राशिमा गोचर गर्छ। बुध आज साउन २५ गते सोमबार राति १ बजेर १० मिनेटमा कर्कट राशिबाट सिंह राशिमा गोचर गर्नेछ। यस राशिमा बुध ग्रह अर्को महिना भदौ १० गतेसम्म रहेनछ र त्यसपछि कन्या राशिमा प्रवेश गर्नेछ। बुधको यस गोचरले केही राशिलाई लाभ हुनेछ भने केही राशि यस अवधिमा साधवान रहन आवश्यक देखिन्छ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

प्रतियोगात्मक परीक्षाको तयारी गरिरहेका छात्रछात्राको लागि समय उत्तम रहनेछ। यस अवधिमा तपाईको सोचविचार गर्ने क्षमता बढ्नेछ। पढाईतिर तपाईको मन जानेछ। जागिर गर्नेहरुले यस अवधिमा थुप्रै अवसरहरु पाउनेछन्। उच्च ओहदाका पदाधिकारीबाट प्रशंसा पाउनुहुनेछ। व्यवसाय विस्तार गर्नको लागि समय राम्रो छ। सम्बन्धमा गलतफहमी या विवादको सामना गर्नुपर्नेछ। गोचरकालमा तपाईको संवाद शैलीमा सुधार आउनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

यस गोचरकालमा तपाई आफ्नो शब्द र भाषणबारे स्पष्ट हुनुहुनेछ। साथै तपाईको वाणीमा पनि सकारात्मकता आउनेछ। तपाई अरुलाई आफूतर्फ आकर्षित गर्नमास सफल बन्नुहुनेछ। छात्रछात्राका लागि समय अनुकूल रहेनछ। बौद्धिक स्तरमा विकास हुनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। परिवारसँग राम्रो यादगार समय बित्नेछ। प्रेम सम्बन्धमा रहेका जातकको लागि यो गोचरकाल अत्यन्तै शुभ रहेनछ। शिक्षा, उद्योग, व्यवसाय र विज्ञापनका क्षेत्रमा आबद्द मानिसहरुका लागि यो समय उत्तम रहनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

बुधको यो गोचर मिथुन राशिका जातकको लागि विशेष महत्वपूर्ण रहनेछ। बुध मिथुन राशिकै स्वामी भएकोले यस गोचरको सबैभन्दा बढी असर यसै राशिका जातकमा पर्नेछ। यस अवधिमा तपाईको स्वास्थ्य राम्रो रहनेछ। खेलकुद, व्यायाम जस्ता गतिविधिमा तपाईको सहभागिता बढ्नेछ। छोटो दूरीको यात्राको योजना बन्नेछ। नयाँ मानिसहरुसँग भेटघाट हुनेछ। लेखक, साहित्यकार र सम्पादकलाई भाग्यले साथ दिनेछ। खेलकुदमा आबद्द मानिसहरुका लागि समय विशेष अनुकूल रहनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका जातक यस गोचर अवधिमा अत्यन्तै सावधान रहन आवश्यक छ। यो गोचरले अचानक तपाईको खर्च वृद्धि हुनेछ। स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ। छात्रछात्राको लागि समय अनुकूल रहनेछ। तिनको एकाग्रता बढ्नेछ। पारिवारिक व्यवसायमा आबद्द मानिसहरुका लागि पनि यो अवधि अनुकूल रहनेछ। लगानीमा भने नोक्सान ब्होर्नुपर्नेछ। धन हानिको योग छ, यसकारण कुनै पनि निर्णय सोचविचार गरेर लिनुहोला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

बुधको गोचरले तपाईको राशिमा धन योग निर्माण हुनेछ। तपाईको आर्थिक स्थिति अत्यन्तै मजबूत हुनेछ। विगतमा गरेका प्रयासले अहिले तपाईलाई लाभ मिल्ने सम्भावना छ। यस अवधिमा तपाईको साहसमा पनि वृद्धि हुनेछ। यो गोचरकालमा मानसिक तनाव बढ्नेछ। स्वास्थ्यमा पनि केही समस्या आउन सक्छ। यसकारण कुनै पनि प्रकारका लापरवाही नगर्नुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

यो गोचरकालमा कन्या राशिका जातकले शुभ परिणाम प्राप्त गर्नेछन्। व्यवसाय विस्तार गर्नको लागि पनि उत्तम समय छ। यद्यपि आर्थिक मामिलामा केही समस्याहरु झेल्नुपर्नेछ। बेकारका चीजमा जरुरत भन्दा बढी धन खर्च नगर्नुहोला। आम्दानी र खर्चबीच सन्तुलन नबन्दा मानसिक तनाव बढ्नेछ। बहुराष्ट्रिय कम्पनीमा कार्यरत मानिसहरुले थुप्रै अवसर प्राप्त गर्नेछन्। विदेश यात्राको योग छ। आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

बुधको यो गोचर तुला राशिका जातकको लागि विशेष लाभदायी रहनेछ। नोकरी पेशा गर्ने जातकलाई भाग्यले साथ दिनेछ। व्यापारी जातकले पनि यस अवधिमा आफ्नो व्यवसायमा राम्रो लाभ कमाउनेछन्। यात्रासँग सम्बन्धित सेवा, सेल्स, मार्केटिङसँग आबद्द मानिसहरुले आफ्नो कार्यस्थलमा उन्नति गर्नेछन्। कम प्रयासमै पनि आफ्नो आम्दानीमा वृद्धि हुनेछ। कला, सांस्कृतिक चीजसँग जोडिएका मानिसहरुका लागि शुभ रहनेछ। तपाईको रचनात्मक विचारमा बढोत्तरी हुनेछ। छिटो पैसा कमाउने चक्करमा केही गैरकानुनी गतिविधिमा पनि संलग्न हुन् सक्नुहुन्छ, सजग रहनुहोला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

बुधको यस गोचरको असर तपाईको कार्यक्षेत्रमा पर्नेछ। यस अवधिमा कार्यस्थलमा तपाईको प्रगतिको रफ्तार केही सुस्त हुनेछ। यसको साथै जीवनमा अचानक आउने केही परिस्थितिको कारण तपाईको जागिरमा बदलाव आउन सक्छ। आफ्नो पेशा बदल्ने बारे सोचिरहनु भएको छ भने यो अवधि उत्तम छ। साथीभाईको सहयोगले कुनै राम्रो कम्पनीमा जागिरको प्रस्ताव पाउनुहुनेछ। योजनापूर्वक काम गर्दा व्यापारमा राम्रो लाभ मिल्ने योग छ। आर्थिक मामिलामा सचेत रहनुहोला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यस गोचरकालमा तपाईको झुकाव विदेशी सभ्यताप्रति बढी हुनेछ। अलग-अलग देश र नयाँ-नयाँ ठाउँका बारेमा अझ धेरै जानकारी बटुल्न तपाई अग्रसर हुनुहुनेछ। तीर्थाटनतिर मन जानेछ। कार्यस्थलमा समयमै तोकिएको काम पूरा गर्नुहुनेछ। वरिष्ठ पदाधिकारीबाट सहयोग पाउनुहुनेछ। मेहनतको पूरा फल प्राप्त हुनेछ। साझेदारीमा व्यापार गर्नेहरुका लागि पनि समय विशेष उत्तम रहनेछ। कुनै सम्पत्ति या जमिनमा लगानी गर्ने निर्णय लिनसक्नुहुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

यस गोचरको प्रत्यक्ष असर तपाईको स्वास्थ्यमा पर्नेछ किनकी बुध देवले सबैभन्दा बढी तपाईको स्वास्थ्यमा प्रभाव पार्नेछ। यसको परिणामस्वरुप तपाईलाई त्वचासँग सम्बधित एलर्जी, नसासम्बन्धी समस्या, रुघाखोकी-ज्वरो हुने खतरा हुनेछ। यस अवधिमा तपाईले आफ्नो स्वास्थ्यमा अत्यन्तै ध्यान दिन आवश्यक छ। सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला। यस अवधिमा तपाईलाई भाग्यले साथ दिँदैन।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

प्रेमिल जोडीहरुका लागि यो समय सबैभन्दा बढी अनुकूल रहनेछ। यदि प्रेम विवाह गर्ने योजना बनाउँदै हुनुहुन्छ भने अझैँ केही समय प्रतीक्षा गर्नुपर्नेछ। यो समय उच्च शिक्षा ग्रहण गरिरहेका छात्रछात्राका लागि पनि अनुकूल रहनेछ। विवाहित दम्पत्तिले सन्तान सुख पाउनेछन्। कार्यक्षेत्रमा तपाईले प्रदर्शन राम्रो गर्नुहुनेछ, जसको वरिष्ठ अधिकारीले खुलेर प्रशंसा गर्नेछन्। व्यापारी जातकको लागि यो समय लाभदायी रहनेछ। आफ्नो सम्पर्कको उचित प्रयोग गर्नुहोला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

गोचरकालको यो समय मीन राशिका जातकको लागि प्रतिकूल रहनेछ। जीवनसाथीसँग मतभेद या विवाद हुने आशंका छ। सम्बन्धमा सुधार ल्याउनको लागि आफूलाई शान्त राख्नुहोला। कार्यक्षेत्रमा तपाईको विरोधी सक्रिय र अझ बलवान हुनेछन्, सावधान रहनुहोला। कार्यस्थलमा हुने कुनै पनि प्रकारका गसिप या राजनीतिबाट टाढै बस्नुहोला। आर्थिक मामिलामा केही सङ्कट आउनसक्छ। ऋण लिनको लागि पनि यो समय अशुभ छ। यो गोचरले तपाईलाई मानसिक तनाव दिनेछ। नियमित रुपमा योग र ध्यान गर्नुहोला।

प्रकाशित : सोमबार, साउन २५, २०७८१६:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुई शत्रु ग्रह आज एउटै राशिमा हुने : यी ३ राशिका जातकलाई हुनेछ भारी नोक्सान, रहनुस् सावधान