दुई शत्रु ग्रह आज एउटै राशिमा हुने : यी ३ राशिका जातकलाई हुनेछ भारी नोक्सान, रहनुस् सावधान

काठमाडौँ : ज्योतिष गणना अनुसार आज साउन २५ गते सोमबार राति १ बजेर १० मिनेटमा बुधले राशि परिवर्तन गर्दैछ। जबकि मङ्गल ग्रह सिंह राशिमा पहिल्यैदेखि विराजमान छ। मङ्गल ग्रह साउन ५ गते मङ्गलबार सिंह राशिमा प्रवेश गरेको थियो र यहीँ राशिमा भदौ २१ गते सोमवारसम्म विराजमान रहनेछन्।

ज्योतिषमा बुध र मङ्गल ग्रहलाई शत्रु ग्रह मानिन्छ। बुध र मङ्गल एउटै राशिमा आउँदा केही राशिलाई सङ्कट आइपर्न सक्छ। यसकारण ती राशि सावधान रहन आवश्यक छ। खासमा कुन-कुन राशिका जातक सावधान रहनुपर्छ त ?

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

सिंह राशिमा मङ्गल र बुध हुनु शुभ समयको सङ्केत हैन। यसकारण मेष राशिका जातकले स्वास्थ्य सम्बन्धी समस्याहरुको सामना गर्नुपर्नेछ। यी राशिका जातकले सवारी साधन नचलाएकै राम्रो र लामो दूरीको यात्रामा नजानु वेश हुनेछ। दाम्पत्य जीवन सुखद रहनेछैन। लेनदेन या लगानी नगर्नुहोला। अन्यथा घाटा ब्होर्नुपर्नेछ। सोचविचार गरेर मात्र खर्च गर्नुहोला। अन्यथा अनावश्यक पैसा खर्च होला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

यस राशिका जातकले आफ्नो क्रोधमा नियन्त्रण गर्नुहोला, अन्यथा नोक्सानी हुनेछ। कुनै पनि प्रकारका वादविवादबाट टाढै रहनुहोला। धैर्यपूर्वक आफ्नो काम पूरा गर्नुहोला। कुनै पनि काममा सफलता हासिल गर्न धेरै मेहनत गर्नुपर्नेछ। धन लाभको योग बनेको छ। तैपनि खर्च सोचेर गर्नुहोला। लेनदेनबाट टाढै रहनु उचित हुनेछ। यो समय लगानीको लागि उचित छैन।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

यस राशिका जातकले यस अवधिमा कुनै पनि प्रकारका लेनदेन नगरेकै राम्रो हुनेछ। कडा मेहनतपछि मात्र सफलताको आश गर्नुहोला। धन लाभ हुन् सक्छ। तर अनावश्यक खर्च गर्नबाट बच्नुहोला। पारिवारिक जीवनमा केही बाधा-अड्चनहरु आइपर्नेछन्। यसकारण धैर्यपूर्वक कार्य सम्पन्न गर्नुहोला। जीवनसाथीसँग समय व्यतीत गर्नु उचित हुनेछ।

प्रकाशित : सोमबार, साउन २५, २०७८१७:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज मङ्गलबारको दैनिक राशिफल : तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?