एजेन्सी : बलिउड अभिनेत्री वाणी कपूर अहिले फिल्म ‘बेलबटम’ को प्रचारप्रसारमा व्यस्त छिन्। गत हप्ता फिल्मको प्रचारप्रसार कार्यक्रममा वाणी पिङ्क कलरको कुर्तामा देखिएकी थिईन्, जसमा उनलाई बिछट्टै राम्री देखिएको थियो। ब्युटीफुल एण्ड स्वीट वाणी कपूरलाई यो आउटफिट अत्यन्तै सुहाएको थियो। वाणीले त्यतिबेला अंकिता डोगरेद्वारा डिजाइन गरिएको आउटफिट लगाएकी थिईन्, जसको मूल्य सुन्नुभएमा तपाईको होश उड्नेछ।
वाणीको अटायर निकै स्टनिङ थियो। उनको यस आउटफिटमा प्लगिंग नेकलाइन दिईएको थियो, र यसमा गोटा पट्टी र जरदोजीको एम्ब्रोयड्री गरिएको थियो। वाणीले यसको साथै सोही कलरको सल ओडेकी थिईन्।
यस सुन्दर पिङ्क अटायरसँगै वाणीले सिल्वर कलरको फ्ल्याट चप्पल लगाएकी थिईन्। मेकअपको कुरा गर्ने हो भने उनले निकै सिम्पल Dewy base मेकअप गरेकी थिईन्।
वाणीको यस अटायर भारतीय फेशन डिजाइनर अङ्किता डोगरेको वेबसाइटमा सर्च गर्ने हो भने यसको मूल्य १ लाख ७० हजार भारु(२ लाख ७१ हजार नेपाली रुपैयाँ) उल्लेख गरिएको छ।