आज बाट बुध ग्रह सिंह राशिमा गोचर हुदै, यी ४ राशि रहनुहोस् सावधान!

ज्योतिष शास्त्रमा बुध ग्रहलाई निकै महत्व मानिन्छ । यस गृहलाई बुद्धि विश्लेषण र संरचनाको कारक तत्व मानिन्छ । बुध ग्रह लगभग १४ देखि ३० दिनको अवधिमा दोस्रो राशिमा गोचर हुनेगर्दछ ।बुध  ग्रह अगस्ट ९ तारिक राति १ बजेर ७ मिनेटमा कर्कट राशीबाट सिंह राशिमा गोचर हुनेछ । यस राशिमा बुध  ग्रह अगस्ट २६ सम्म रहनेछ र फेरि कन्या राशिमा जानेछन् । बुधग्रहको गोचरले केहि राशिलाई लाभ हुनेछ भने केहि राशिलाई  यस अवधिमा सचेत रहनु पर्नेछ ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

मेष राशि भएका जातकहरुलाई यस समयमा काममा लगनशिलता बढ्नेछ । परीक्षाको लागी  तयारी गर्ने विद्यार्थीहरुको लागि समय राम्रो रहनेछ। यस अवधिमा सोच्ने शक्ति बढ्नेछ। नोकरी पेशामा लागेका व्यक्तिको लागि नयाँ-नयाँ अवसर प्राप्त हुनेछ । उच्चअधिकारीको सहयोग मिल्नेछ । यस अवधि मेष राशिको लागि लाभदायक रहेको छ । व्यापार बिस्तारको लागि राम्रो समय रहेको छ । आफन्तमा विवाद हुन सक्छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

यस अवधिमा वृष राशि हुने व्यक्तिको बोलीमा सुद्धता आउनेछ । साथै बोलीमा सकारात्मकता देखिनेछ । अरुलाई आफूप्रति आकर्षित गर्न सक्सनुहुनेछ  बिद्यार्थीहरुको लागी समय अनुकुल रहेको छ । बौद्धिक स्तरमा विकास हुनेछ। यस अवधिमा परिवारिक वातावरण राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । समय फलदायी रहला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

बुधग्रहको परिवर्तन यस मिथुन राशिको जातको लागि निकै फलादायी छ । स्वास्थ्यमा सुधार हुनेछ । खेलकुद तथा व्यायामा सहभागी हुने अवसर मिल्नेछ । भाइ बहिनीको सहयोग मिल्नेछ । रमणीय स्थलको भ्रमण गर्ने अवसर मिल्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

कर्कट राशिको जातकको लागि यस बुध ग्रहको राशि परिवर्तनको समयमा निकै सावधान रहनुपर्ने हुन्छ । यस अवधिमा खर्च बढ्ने छ । अचानक स्वास्थ्यमा समस्या आउनसक्छ । विद्यार्थीहरुको लागि समय अनकुल रहेको छ । व्यवसायबाट लाभ हुनेछ । धन हानि हुने योग रहेको  हुँदा कुनैपनि निर्णय लिनुअघि  सावधानी अपनाउनु होला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

बुधको गोचरको कारण तपाईको लागि धन प्राप्तिको योग बन्नेछ । आर्थिक स्थितिमा सुधार आउने छ । विगतमा गरिएका प्रयासहरुबाट पनि लाभान्वित हुने सम्भावना छ। यस अवधिमा स्वास्थ्यमा सुधार हुनेछ । काममा जोस जाँगर बढ्नेछ । यस अवधिमा जातकलाई मानसिक तनाव  बढ्न सक्छ । अचानक लामो यात्राको योग बन्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

बुधको गोचरले कन्या राशिको जातकलाइ शुभ समय रहेको छ । आर्थिक स्थिति मजबुत हुनेछ । भाग्य वृद्धि हुनेछ । गरेका काममा सफलता मिल्ने छ । शारीरिक तथा मनासिक स्वास्थ्यमा सुधार आउनेछ । आम्दानीको श्रोत बढ्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

बुधको गोचरले तुला राशिको जातको लागि शुभ समय रहेको छ । गरेका काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा आम्दानी बढ्ने छ । व्गयवसाय गर्नेको लागि शुभ समय रहेको छ । यस अवधिमा आम्दानीको श्रोत बढ्नेछ । कला संस्कृति सम्बन्धि व्यक्तिको लागि शुभ समय रहेको छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

बुधको गोचरले वृश्चिक राशिको जातकमा असर कला क्षेत्रमा पर्नेछ । यस अवधिमा जातकको कार्यस्थलको काममा ढिला हुनसक्छ । जातकको जीवनमा ठुलै परिवर्तन आउनेछ । सहकर्मीले  काममा सहयोग पुर्याउनेछन् । योजना बनाएर काम गर्दा लाभ मिल्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

यस अवधिमा  विदेशी सभ्यतातिर तपाईको झुकाव अधिक हुनेछ। विदेशका विभिन्न स्थलको भ्रमण गर्ने अवसर मिल्ने छ । यस अवधिमा धार्मिक स्थलको भ्रमण हुनेछ । तपाईले बनाएको योजनामा केहि समस्या आउनसक्छ तर पनि  आँटेको काम समयमा सम्पन्न हुनेछ । वरिष्ठ व्यक्ति र मालिकबाट राम्रो सहयोग हुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

बुधको गोचरले जातकको जीवनमा प्रत्यक्ष असर पर्छ । यस अवधिमा तपाई स्वास्थ्यमा विशेष सावधान रहनुपर्ने समय रहेको छ । यस अवधिमा जातकले सवारी साधनको उपभोग गर्दा बिशेष  सावधानी अपनाउनु होला । यस समयमा जातकले  मिहिनेत बढी गर्नपर्ने हुन्छ । यस अवधिमा मकर राशिको जातकलाई भाग्यले साथ दिनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

कुम्भ राशिको जातकको  यस समयमा प्रेम सम्बन्ध सुमधुर हुनेछ । विवाहको लागि अझै केहि समय कुर्नुपर्ने हुन्छ । सन्तान सुख मिल्नेछ । कार्य क्षेत्रमा काम देखाउने समय रहेको छ । व्यापार व्यवसाय गर्नेको लागि लाभ हुने समय रहेको छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

यस गोचरको समय मिन राशिको जातकहरुको लागि समय प्रतिकुल रहेको छ । पति पत्नीमा केहि विवाद हुनसक्छ । कार्यक्षेत्रमा विरोधि सक्रिय हुनेछन् । आर्थिक नोक्सानी हुनसक्छ,  सचेत रहनुहोला । सम्पत्ति खरिदा बिक्रीमा सचेत रहनु होला । ऋण लिएर काम गर्नको लागि शुभ समय रहेको छ । यस अवधिमा जातकमा मानसिक तनाव बढ्नेछ ।

प्रकाशित : सोमबार, साउन २५, २०७८१५:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नाग पञ्चमीको दिन गर्नुहोस् यस्ता कार्य, हुने छैन कहिलै घरमा नागको भय!