चर्चित रियालिटी शो बिग बोसको नयाँ सिजन आजबाट प्रसारणमा आउने भएको छ । यस भन्दा पहिले बिग बोसको होस्टको रुपमा बलिउड अभिनाता सलमान खान देखिएका थिए। अब भने सिजन १५ मा सलमान खान नदेखिने भएका छन् । अब बिग बोसको होस्टको रुपमा धर्मा प्रोडक्सनका संस्थापक करण जोहर देखिने भएका छन् । यस पटक शो मा धेरै परिवर्तन देख्न सकिन्छ । शो को धेरै प्रोमोहरु पनि सार्वजनिक भएका छन् । जसको कारण बिग बोसका फ्यानहरु उत्सुकताको साथमा यसको पर्खाइमा छन्।

आज अर्थात अगस्ट ८ बाट बिग बोस को नयाँ रूप जसको नाम ‘बिग बोस ओटीटी’ राखिएको छ। यस पटकको सिजनमा यस्तो देख्न सकिन्छ जुन यस भन्दा पहिले कहिलै भएको थिएन ।

यस पटकको यो सिजन ६ महिना सम्म चल्ने छ। यो पहिलो छ हप्ता ओटीटी प्लेटफर्ममा देखाइनेछ। त्यस पछि यो टिभीमा प्रसारण हुनेछ। यस पटक भने सलमान खान होइन करण जोहर ‘बिग बोस ओटीटी’ होस्ट गर्न जाँदैछन्। बिग बोस ओटीटीमा ८ अगस्ट को रात ८ बजे प्रिमियर वूट सेलेक्टमा प्रसारण हुदैछ ।
१२ प्रतियोगीहरु बिग बोस ओटीटीमा भाग लिन जाँदैछन्। जसको नाम नेहा भसीन, शमिता शेट्टी, रिद्धिमा पंडित, करण नाथ, दिव्या अग्रवाल, प्रतीक सहजपाल, राकेश बापट, उर्फी जावेद, अक्षरा सिंह, जीशान खान, नेहा मलिक र पवित्र लक्ष्मी रहेका छन् ।
