साधारण शैलीकी शहनाज गिलको पत्याउनै नसकिने यो रुप, भन्छिन् हेर्ने नजर राम्रो हुनुपर्छ!

बिग बोस सिजन १३ बाट चर्चामा आउन सफल शहनाज गिल सामाजिक सञ्जालमा धेरै सक्रिय छन्। हालसालै उनले सोशल मिडियामा आफ्ना केहि तस्वीरहरु पोस्ट गरेका छन्। जसलाई सबैले उनको प्रशंसा गरेको देखिन्छ।

बिग बोस सिजन १३ को पूर्व प्रतियोगी शहनाज गिलमा आएको परिवर्तन देखेर उनका फ्यानहरु छक्क परेका छन्। शहनाज ‘बिग बोस सिजन १३’ बाट पछिल्ला दिनहरुमा चर्चामा आउन सफल छिन् । बिग बोसको घरमा शहनाजको सिद्धार्थ शुक्ला संग उनको केमिस्ट्री पनि धेरै मन पराइयको थियो ।

विगतमा उनको थ्रोब्याक फोटोले सामाजिक सञ्जालमा हंगामा मच्चाएको थियो। शहनाज बिग बोसको घरमा आउनु भन्दा पहिले र अहिले तस्बिर हेर्ने हो भने आकास पातालको फरक पाउन सकिन्छ । हालै शहनाजले उनको केहि ताजा तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । अहिले शहनाजको तस्बिरले उनका फ्यानहरुको मनमा एक किसिमको हलचल मच्चाई रहेको छ ।

शहनाजले हालै उनको इन्स्टाग्राम केहि तस्बिर पोस्ट गरेको छिन्, जसमा उनी वान पिसमा देखिएकी छिन् ।तस्बिरमा शहनाजलाइ एकदमै शुन्दर देखिएकी छिन् । तस्बिरमा शहनाज फरक फरक शैलीमा देखिएकी छिन् ।

तस्बिर सेयर गर्दै शहनाज क्याप्सनमा लेख्छिन् ‘यदि तपाई सही तरीकाले हेर्नुहुन्छ, तपाइँ देख्न सक्नुहुन्छ कि सारा संसार एक बगैचा हो।’

तस्बिर श्रोत: शहनाज गिल  इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, साउन २२, २०७८१६:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेता शाहरुख खानको श्रीमती गौरी खान छिन् यति धरै शुन्दर, हेर्नुहोस् तस्बिर सहित!