नेपालमा धरै मनिसहरु आफनो घरमा बिभिन्न जनावर पाल्ने गर्छन् । प्राय: मानिसहरु आम्दानीको लागी गाइ, भैसी, बाख्रा र कुखुरा पाल्ने गर्छन् भने कतिपय आफनो शोखको लागि घरमा कुकुर, बोरालो पाल्ने गरेका छन् । मानिसहरु आफ्नो उच्छा अनुसार कुनै पनि पाल्तु जनावर आफ्नो घरमा पालना सकिन्छ । तेस्तै पछिल्लो समयमा घरमा सेतो मुसा पाल्ने प्रचलन पनि बढेको छ । मुसाहरु प्राय: हामीले खाद्यान्न जम्म गर्ने स्थान तथा गोदामहरुमा बढी पाउन सकिन्छ । कुनै समयमा मुसाले हामीलाई ठुलो नोक्सानी पनि पुर्याउने गर्दछ ।
हाम्रो देशमा प्रशस्त मात्रामा पाउन सकिने र नियन्त्रण गर्न मुस्किल हुने गरेको मुसा एक यस्तो देश छ जहा मुसा पालनको लागि तेस देशको सरकार संग अनुमति लिनु पर्ने हुन्छ । यस कुराले तपाइहरु आश्चर्य लाग्नसक्छ । तर यो वास्तविक हो। यस्तो अनौठो नियम भएको देश को क्यानाडा जुन विकसित देशहरु मध्ये एक हो ।
क्यानडा उत्तरी अमेरिकामा स्थित छ र क्षेत्रको हिसाबले संसारको दोस्रो ठूलो देश हो। क्यानडा यस्तो देश हो जहा एकदमै कम मात्रामा मुसा पाउन सकिन्छ । क्यानडामा यदि कोहि मुसा पाल्न चाहन्छ भने उसलाई सरकारको अनुमति लिनु पर्छ । सको पछाडि कारण यो हो कि क्यानाडा मा, जीवित मुसा बेच्न वा मार्न पाइदैन । यहाँ जीवित मुसा बेच्नु वा मार्नु गैरकानुनी मानिन्छ।