नेहाले गल्ति स्वीकार गर्दै मागिन् माफी, फ्यानहरुले गरे दुख व्यक्त!

चर्चित गायिका नेहा कक्कडले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफ्ना फ्यानहरु संग माफी मागेकी छिन् ।

बलिउड तथा आधुनिक गित संगीतबाट चर्चामा आउन सफल गायिका नेहा कक्कड सामाजिक सञ्जालमा धेरै सक्रिय छन्। नेहा सामाजिक सञ्जाल मार्फत फ्यान हरुको लागि उनको निजि जीवन र उनले गरेका क्रियाकलाप सम्बन्धि तस्बिर तथा भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने गर्छिन । हालै नेहाले उनको इन्स्टाग्राममा एक पोस्ट गर्दै फ्यानहरु संग माफी मागेकी छिन् । जसको कारण केहि फ्यानहरु खुशी हुनु भन्दा धरै दुखि भएका छन् ।

वास्तवमा नेहा कक्कडले इन्स्टाग्राममा आफ्ना केही फ्यानहरुलाई अनफलो गरेकी छिन् । यस बिषयमा नेहाले इन्स्टाग्रामको स्टोरी मार्फत माफी मागेकी छिन् । नेहाले भनेकी छिन् अब देखि नेहा ति व्यक्तिलाइ फलो गर्नेछिन्, जसलाई उनि व्यक्तिगत रुपमा चिन्दछिन् । अब नेहा मात्र जान्दछिन् उनले यस्तो निर्णय किन लिइन। तर उनको यस्तो निर्णयले उनको केहि फ्यानहरुलाई पक्कै पनि चोट पुर्याउछ ।

नेहा कक्कडले आफ्नो इन्स्टा स्टोरी मा लेखिन्, ‘माफ गर्नुहोस् मैले अन्तमा इन्स्टाग्राममा केहि व्यक्तिहरुलाई अनफलो गर्ने निर्णय गरेकी छु। किनकि मैले विगतमा केहि नराम्रो अनुभव गरेकी छु। अब देखि म मात्र उनीहरुलाई फलो गर्ने छु, जसलाई म चिन्छु र भेट्छु वा संगै कम गर्नेछु। माफी चाहन्छु यदि तपाईहरुलाई नराम्रो लागेको छ भने। कुनै पनि खालको गुनासो नराख्नु होला । म अब निकै सतर्क रहन चाहन्छु ।’

यस महिना नेहा इन्स्टाग्राममा सबैभन्दा धेरै  फलोअर्स हुने गायिका बनेकी छिन् । उनको इन्स्टाग्राम ६ करोड भन्दा बढीले फलो गरेका छन् । पछिल्लो दिनहरुमा नेहा सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन । नेहा उनको निजि जिन्दगि सम्बन्धि र उनको आउने गीतको बिषयलाइ लिएर सामाजिक सञ्जालमा सक्रिय छिन् ।

तस्बिर श्रोता: नेहा कक्कड इन्स्टाग्राम

प्रकाशित : बिहिबार, साउन २१, २०७८१७:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के सलमान खान ‘बिग बोस’ बाट बहिरियका हुन त? को आउदै छ सलमानको स्थानमा!