शिल्पाको घरमा आयो अर्को समस्या, शिल्पाको आमाले दर्ता गराइन विस्वास घातको मुद्धा!

बलिउड अभिनेत्री शिल्पा शेट्टी पछिल्लो दिनहरुमा एक पछी अर्को गर्दै विभिन्न विवादमा तानिएकी छिन् । अब शिल्पा शेट्टीको आमा पनि उनको साथ भएको धोकाको कारण चर्चामा आएको छिन् ।

बलिउड अभिनेत्री शिल्पा शेट्टीको परिवारले केही समयदेखि धेरै विवादहरूको सामना गरिरहेको छ। यसै बिच अब शिल्पाको घरमा थप अर्को नयाँ समस्या थपिएको छ । वास्तवमा हालै अभिनेत्री शिल्पाको आमा सुनन्दा शेट्टीले पुलिसम जाल झेलको मुद्धा दर्ता गराएको छिन् ।

शिल्पाको आमाको भनाइ छ, उनलाई जग्गा खरिद-बिक्रीमा १.६ करोड रुपैया ठगि गरिएको छ । उनले यस केशमा एक सुधाकर घरे नामक व्यक्तिलाई आरोप लगाएको छिन् । पुलिसले शिल्पाको आमा सुनन्दको गुनासोको आधारमा आईपीसी धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ।

मिडिया रिपोर्टको अनुसार सुनन्दा शेट्टी आफ्नो गुनासोमा अरोप लगाएको छिन्, सुधाकर भन्ने व्यक्तिले नक्कली कागजात बनाइ १.६ करोडको जमिन बेचेको छ । हाल यस बिषयमा धरै जानकारी आएको छैन ।

शिल्पा शेट्टीको श्रीमान राज कुन्द्रालाइ हालै अस्लिल भिडियो बनाएको आधारमा पक्राउ गरिएको छ । २३ जुलाईमा शिल्पाको घरमा पुलिसले छापा मरेको थियो । अब सबै बिषयलाइ हेर्दा शिल्पाको परिवार अहिले चारैतिरबाट समस्यामा परेको छ ।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८१४:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘सुपर डान्सर’ बाट बाहिरिएकी हुन त अभिनेत्री शिल्पा?