अ-स्लिल भिडियो काण्डमा जब राज कुन्द्राको नाम आएको थियो त्यस समयबाट शिल्पा शेट्टीमाथि विभिन्न समस्या आउन थालेको छ । पछिल्लो समयमा शिल्पा १४ बर्षपछि फिल्म क्षेत्रमा फर्कदै छिन् । अहिलेको समयमा खुशी हुन पर्ने शिल्पा राज कुन्द्राको केशको कारण उनले खुशी साट्न पाएकी छैनन् ।
शिल्पा सुपर डान्सर सिजन ४ मा देखिएदै आएकी थिइन् । तर अहिले उनको श्रीमको काण्डको कारण शिल्पा सुपर डान्सरको सेटमा देखिएकी छैनन् । यो आशा गरिन्छ कि शिल्पा सेटमा त फर्किन्छिन् तर त्यसको अझै केहि समय लाग्नेछ ।
ई-टाइम्सको रिपोर्टको अनुसार ‘अझै पनि शिल्पा यस शोबाट हटेकी छैनन् । आशा गर्छौ कि शिल्पा चाडै नै सेटमा फर्कने छिन् ।’ त्यस समयमा गीता कपूर र अनुराग बसु अन्य बिशेष अतिथिहरु शोको जज गर्ने छन् । अहिले प्रतिभाशाली बच्चाहरु शोमा प्रदर्शन गरीरहेका छन् र दर्शकहरुलाई मनोरन्जन गराईरहेका छन् । यस हप्ता रितेश देशमुख र जेनेलिया डिसुजा विशेष अतिथि हुनेछन्। यस भन्दा पहिले करिश्मा कपूर गेस्टको रुपमा देखिएको थिइन् ।
शिल्पा शेट्टीको समर्थनमा उनको बहिनि शमिता शेट्टीले उनको सामाजिक सञ्जालमा दुइवटा पोस्ट गरेको छिन् । अहिले शमिताको दुइ पोस्टमा नै मानिसहरुले लगातार कमेन्ट गरिहेका छन् । शिल्पाले मुम्बई क्राइम ब्रान्चलाइ दिएको बयानमा आफु श्रीमान राज कुन्द्राको हट-शट एपमा कुनै पनि तरिकाबाट सामेल नभएको बताएकी छिन् । यतिकैमा शिल्पा उनको श्रीमानको समर्थन गर्दै भनेकी छि, ‘राजले अ-स्लिल भिडियो नभई एक्सोटिक फिल्म बनाउछन् ।’