सरकारी कर्मचारीलाइ थपियो १० दिन भ्रमण छुट्टि, माइती-ससुराली नजिक भ्रमण गर्न नपाइने!

यस भन्दा आघि देखि सरकारी कर्मचारीले मागगर्दै आएको १० दिने भ्रमण छुट्टि आगामी भदौबाट कार्यान्वयनमा आउने भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक २०७८/७९ को बजेट प्रस्तुत गर्दा घोषणा गरेको १० दिने कर्मचारी भ्रमण छुट्टी भदौदेखि कार्यान्वयनमा हुने भएको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले भ्रमण छुट्टीका लागि आवश्यक नीति तथा निर्देशिका तयार गर्न लागि परेकोछ। यसरी तयार परेको भ्रमण निर्देशिकामा काज भ्रमणमा जाने कर्मचारीले माइती,ससुराली र आफुलाई घर बाट पायक पर्ने स्थानमा जान नपाउने नियम लागु गरेको छ ।

अहिले देशभरक सस्थाहरुमा झन्डै ६ लाख भन्दा बढी कर्मचारी रहेका छन् । मागगर्दै आएको १० दिने भ्रमण छुट्टि आगामी भदौबाट कार्यान्वयनमा आउने भनिएको छ । अब सरकारी कर्मचारेले थापा १० दिन भ्रमण बिदा लिन पाउने भएको छन् । यसरी दिएको बिदा सम्बन्धि स्थानमा गइ आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउ सम्पूर्ण सरकारी कर्मचारीलाइ भनिएको छ ।

प्रकाशित : मङ्गलबार, साउन १२, २०७८१७:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रचण्डको नक्कली हस्ताक्षरमा ६ बुदे निर्णय सार्वजनिक!