पुर्व सभामुख महरा: उच्च अदालतबाट मिल्यो जबर्जस्ति करणीको मुद्दामा सफाइ!

जबर्जस्ती करणी मुद्धा खेपिरहेका पूर्व सभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।

जबर्जस्ति करणीको मुद्धा चलिरहेका पुर्वसभामुख कृष्णबहादुर महरालाई मंगलाबार उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिइन् । ‘जिल्लाले जे फैसला गरेको थियो सोही फैसला सदर भएको छ।’ उनले भनिन् । उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेका छन्।

अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी अनुसार महराको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको जानकारी गराएको छिन् । महरा बिरुद्धको मुद्धा काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि महराको मुद्धा उच्च अदालत पाटन पुगेको थियो । महरा संसदको पदमा भएको बेलाम उनि बिरुद्ध आफ्नै घारमा काम गर्ने महिलालाइ कर्मचारीलाई जबर्जस्ती करणी उद्योग मुद्धा दाएरा भएको थियो । आज भन्दा पहिले २०७६ फागुन ५ गते नै महरालाई जिल्ला अदालतले सफाई दिएको थियो।

 

प्रकाशित : मङ्गलबार, साउन १२, २०७८१७:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सरकारी कर्मचारीलाइ थपियो १० दिन भ्रमण छुट्टि, माइती-ससुराली नजिक भ्रमण गर्न नपाइने!