रविन्द्र मिश्रको भनाइको खण्डन गर्दै बाबुराम भट्टराई भन्छन्, झिंगाको सरापले डिंगा मर्दैन!

जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको यस उपलब्धिको बिरुद्धमा बोल्यो भन्दैमा डराउन नपर्ने भनेका छन् ।

पूर्व प्रधानमन्त्री बाबुराम सामाजिक सञ्जालमा एक पोस्ट गर्दै भनेका छन् । ‘झिंगाको सरापले डिंगा मर्दैन,कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन।संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन!बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून।’

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्न र धर्मनिरपेक्षता बारे जनमत संग्रह गर्ने प्रस्ताव गरेपछि भट्टराईले गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूत मात्र भएको टिप्पणी गरेक हुन।

 

प्रकाशित : मङ्गलबार, साउन १२, २०७८११:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुर्व सभामुख महरा: उच्च अदालतबाट मिल्यो जबर्जस्ति करणीको मुद्दामा सफाइ!