गर्भावस्थाको तस्बिर भाइरल हुदा प्रियंकाको भनाइ, म देशको लागि धेरै महत्त्वपूर्ण मान्छे रहेछु!

पछील्लो समयमा नेपाली सिनेमा क्षेत्रको चर्चित अभिनेत्री प्रियंका कार्कीको गर्भावस्थाको तस्बिरको कारण निकै चर्चा भैरहेकोछ ।

चर्चित अभिनेत्री प्रियंका कार्की अहिले गर्वास्थामा छिन् । प्रियंकाले अहिले उनको गर्वास्थाको तस्बिर तथा हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्छिन् ।अहिले जब प्रियंकाको तस्बिर  सामाजिक सञ्जालमा आउछ । भाइरल हुन केहि समय पनि लाग्दैन। अहिले प्रियंकाको तस्बिरको बिषयलाइ लिएर बिभिन्न राम्रा नराम्रा र जिज्ञासाका कमेन्ट देख्न सकिन्छ ।


अहिले प्रियंका कार्कीको एक अन्तर्वार्ताको क्रममा प्रियंकाले उनको तस्बिर तथा भिडियोमा सकारात्मक तथा नकारात्मक कमेन्ट गर्ने हरुलाइ भनेकी छिन् । ” पहिलो कुरा  त मलाई असर नै गर्दैन । मैले जे गरे पनि विवाद हुँदो रैछ के , एउटा पेट देखिएको फोटो ले यत्रो विवाद हुन्छ भने म धेरै महत्त्वपूर्ण मान्छे हुनु पर्छ यो देश को लागि । म पहिला पनि स्विमसुट मा फोटो हाल्थे, त्यसमा हट, सेक्सी भनेर कमेन्ट आउँथ्यो अहिले गर्वास्थाको तस्बिरमा नकारात्मक  कमेन्ट हरु आउन थालेको छ । मैले अहिले  सोचेजति तस्बिर शुट गराएको पनि छैन त्यो त बाँकी नै छ । पहिलो कुरा  त मलाई यस्तो कमेन्टले असर नै गर्दैन । I मैले जे गरे पनि विवाद हुँदो रैछ के , एउटा पेट देखिएको फोटो ले यत्रो विवाद हुन्छ भने म धेरै महत्त्वपूर्ण मान्छे हुनु पर्छ यो देश को लागि ।”

अहिले प्रियंकाको यस्तो प्रतिक्रियाले सामाजिक सञ्जाल तताएको छ । यस भन्दा पहिले पनि प्रियंकाले भनेकी छिन् । ‘म सबैको नजरमा राम्रो नहुन पनि सक्छु । सबैले मलाइ चिन्न नसकेको पनि हुनसक्छ । तेसैले मलाई यस्तो नकारात्मक कमेन्टले केहि फरक पार्दैन।’

प्रकाशित : मङ्गलबार, साउन १२, २०७८११:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राज कुन्द्राको समर्थनमा आइन यी अभिनेत्री, भन्छिन राजले बनाएको भिडियो बो-ल्ड हो अस्लिल हैन!