चतुर्मासमा गर्नुहोस् यस्ता काम, हुनेछ फाइदै फाइदा!

हिन्दु महिनाको चौथो महिना आषाढ मास यस मासको शुल्क एकादशी देखि चतुर्मास आरम्भ हुनेगर्दछ। आषाढ एकासशी देखि ४ महिनासम्म बिष्णु सुत्ने गर्दछ। अंग्रेजी पात्रो आनुसार १२ जुलाई २०२१ बाट शुरु भएको छ ।

चतुर्मासको अवधि ४ महिना हुनेगर्दछ। यसको अवधि आषाढ शुल्क एकादशी देखि आरम्भ भएर कार्तिक शुल्क एकदाशीमा अन्त्य हुनेगर्दछ । यो चार महिना साउन, भदौ, आश्विन र कार्तिक पर्दछ्न् । यसमा आषाढ १५ दिन र कार्तिकमा १५ हुने गर्दछ। यस समयमा यी ५ कार्य गर्नाले तपाईको मनोकामना पुरा हुनेछ । साथै चमत्कारी फाइदा हुनेछ।

साधुको जस्तै जीवन बिताउने
यस समयमा भुइमा सुत्ने र बिहान सुर्योदय भन्दा पहिले उठ्नु निकै शुभ मानिन्छ। बिहान उठ्ना साथ नुहाउने प्राय: समयमा मौन बस्नु पर्दछ । दिनमा मात्र एक पटक भोजन गर्नु पर्दछ । एक पटकमै उत्तम भोजन गर्नु उत्तम मानिन्छ ।

यी खान नखानुहोस्
यस चार महिनाको अवधिमा तेलमा बनेका परिकारको भोजन नगर्नुहोस्। यस समयमा दूध, चिनी, दही, पत्तेदार तरकारीहरू, नुन वा मसलादार खाना, मिठाइ, सुपारी, मासु र मदिराको सेवन नगर्नुहोस्। यस अवधिमा साउनमा पत्तेदार सब्जी, भदौमा दहि आश्विनमा दुध, कार्तिकमा प्याज,लसुन जस्ता परिकारको सेवन गर्नु हादैन ।

ध्यान
हरेक दिन बिहान बेलुका २०-२० मिनेट ध्यान गर्नुस र सुर्यलाइ नमस्कार गर्नुहोस्।

दान गर्नुस्
यस समयमा यस्ता ५ चिजको दान गर्नुहोस । अन्नदान, दिपदान, वस्त्रदान, छायदान, श्रामदान ।

भगवान विष्णुको उपासन गर्नुस
हरेक दिन बिहान र बेलुका विष्णु सहस्रनाम स्तोत्र को पाठ गर्नुहोस्। ‘ॐ नमोः नारायणाय ॐ नमोः भगवते वासुदेवाय नम:’ मन्त्रले हरेक दिन एक माला जाप गर्नुहोस्।

प्रकाशित : मङ्गलबार, साउन १२, २०७८१४:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ रंग हुन्छन् पुजाम सबैभन्दा बढी प्रयोग, जन्नुहोस् यसको महत्वो!