यी ५ रंग हुन्छन् पुजाम सबैभन्दा बढी प्रयोग, जन्नुहोस् यसको महत्वो!

हाम्रो जीवनमा रंगको ठुलो महत्वो हुने गर्दछ । हिन्दु धर्ममा प्राय: तिन रंगको बढी प्रयोग गरिन्छ । तर कहिले अन्य दुइ रंगको पनि प्रयोग गरिन्छ । आज हामि यस पोस्ट मार्फत हामीले दैनिक रुपमा गरिने पुजामा प्रयोग हुने रंगको बारेमा जानकारी गराउने छौ ।

सेतो रंग: पुरातन समयमा, सेतो रंग यज्ञ वा महत्वपूर्ण पूजा को समयमा धेरै महत्व थियो। पुजा गर्ने समयमा सेतो धोति लगाएर बस्नु राम्रो मानिन्छ। पुजाको समयमा पुजा गर्ने स्थानमा सुतीको सेतो कपडा राख्ने गरिन्छ । कुनै समयमा दुलहीलाइ पनि सेतो कपडाको वस्त्र धारण गराइन्थ्यो। कतिपय पुजामा सेतो रंगको अबिर पनि प्रयोग गरिन्छ ।

पहेलो रंग: कुनै पनि प्रकारको मांगलिक कार्य तथा पुजा पाठमा पहेलो रंगलाइ बहु उपयोगी मानिन्छ । पुजामा बेसार र चन्दनको पनि प्रयोग गरिन्छ, जुन पहेलो हुन्छन्। पहेलो रंगको वस्त्र भगवान विष्णुको मुर्ति तथा पुस्तकमा चढाउने गरिन्छ । प्राय: पहिलो कपडालाइ पिताम्बर भनिन्छ। भगवान बिष्णुलाइ पहिलो रंगको वस्त्र चढ्ने हुदा भगवान बिष्णुलाइ पिताम्बर पनि भनिन्छ।

रातो रंग: हामि प्राय: दुर्गा मन्दिरहरुमा रातो रंगको बढी प्रयोग भएको देख्नी सकिन्छ । जुर्गा मन्दिरमा रातो रंगको चुरा सिन्दुर पनि चढाइन्छ। विवाहको समयमा बेहुलीले लगाउने वस्त्र पनि रातै हुने गर्दछ । माता लक्ष्मीलाइ पनि रातो रंग मनपर्छ । लक्ष्मीको पुजाको समयमा रातो रंगको वस्त्र चढाईन्छ ।

सिन्दुरी रंग: राम भक्त हनुमान लाइ रातो तथा सिन्दुर रंग मनपर्छ । तेसैले हनुमान मन्दिरमा सिन्दुर चढाइन्छ । तेस्तै भगवान गणेशलाइ पनि सिन्दुर चढाइन्छ ।

हरियो रंग: भगवान शिव र माता पार्वतीलाइ हरियो रंग धरै मन पर्छ। हरियो रंग गणेश, माता लक्ष्मी र दुर्गालाइ पनि मनपर्छ। दुर्गा मन्दिरमा हरियो रंगको मेहेन्दी र चुरा चढाइन्छ। पुजामा हरियो रंगको कपडा पनि प्रयोग गरिन्छ । यस बाहेक पुजाको समयमा हरियो रंगको पान, आपको पात, दुबो र पिपलको पात पनि प्रयोग गरिन्छ । साउनको महिनामा शिवको ब्रत बसेका महिला तथा पुरुषले पनि हरियो रंगको वस्त्र धारण गर्छन् ।

 

प्रकाशित : मङ्गलबार, साउन १९, २०७८१२:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्रहचक्रमा बुधको राशि परिवर्तन, यी तीन राशिको खुल्नेछ भाग्य !